अब उच्च शिक्षा र विद्यालय शिक्षाको ऐन निर्माण छुट्टा छुट्टै

प्रकाशित मिति :2019-05-03 11:33:35

काठमाडौं /२० बैशाख-उच्च शिक्षा र विद्यालय शिक्षाको ऐन निर्माण छुट्टा छुट्टै गर्ने गरी मन्त्रालयले आन्तरिक कार्य गरिरहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए । शिक्षा पत्रकार समूहले गरेको छलफलमा बोल्दै मन्त्री पोखरेलले संसदको चालु अधिवेशनबाटै शिक्षाका दुई वटा ऐन पारित गर्ने गरी तयारी गरेको जानकारी दिएका हुन् । मन्त्री पोखरेलले भने राष्ट्रिय परीक्षा बोर्ड, सिटिईभिटि, शिक्षक सेवा आयोग र छात्रवृत्ति जस्ता विषय सम्मिलित भएको एउटा र अर्को चाँही उच्च शिक्षा सँग सम्बन्धित हुन्छ ।
ऐन निर्माण भएपछि भागवण्डाका आधारमा विश्वविद्यालयमा पदाधिकारीको नियुक्ति नहुने ग्यारेन्टी गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयको स्तर उकास्ने गरी रुपान्तरणको खाका तयार हुने पनि दावी गरे । यसका लागि संविधानविद् र अन्य विज्ञहरुसँग परामर्श गरिरहेको बताउँदै उनले विद्यालय शिक्षामा स्थानीय सरकारलाई शक्तिशाली बनाउने संबैधानिक ब्यवस्था कार्यान्वयन गर्ने गरी  ऐन निर्माण हुने बताए ।
शिक्षाका क्षेत्रमा ऐन नियम निर्माण गर्ने बेला भएकाले अब के हुन्छ भनेर निराश भै हाल्नु पर्ने अवस्था नभएको जिकीर गरे ।
ऐन निर्माणका लागि प्रकृयागत ढंगले जाँदा कम्तिमा ५४ दिन लाग्छ , शिक्षा मन्त्रालयले तयार गरेको विधेयक अर्थ, कानून मन्त्रालय, मन्त्रीपरिषद् हुँदै संसद जाने हो उनले भने, विधेयक निर्माणका प्रकृया अन्र्तगत नै आयोगको ५ सय पेजको प्रतिवेदनलाई ५० पेजको राष्ट्रिय शिक्षा नीतिमा ढालेर मन्त्रीपरिषद्मा लगएको छ, त्यसमा छलफल जारी छ ।
राहत शिक्षकलाई अस्थायी शिक्षककै मोडलबाट समाधान गर्ने प्रयास गरिएको बताउँदे उनले १७ प्रकारका शिक्षक रहने अवस्था अन्त्य गर्ने पनि बताए । शिक्षक व्यवस्थापन शिक्षाको मुख्य समस्या भएको भन्दै उनले शिक्षक व्यवस्थापनलाई सार्थक बनाउन प्रयत्न गरिएको र शिक्षक छनौट संविधानले चिनेको शिक्षक सेवा आयोगबाटै गर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE