प्याबसनद्धारा नमुना बस्ती निमार्ण

प्रकाशित मिति :2019-05-13 07:34:57

काठमाडौं/३० बैशाख– निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याबसन)ले सुनसरी रामधुनी नगरपालिकामा नमुना बस्ती निमार्ण गर्ने भएको छ ।
आइतबार शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले प्याबसन नमुना बस्तीको शिलान्यास गरेका छन् । प्याबसनका अध्यक्ष टिकाराम परी भन्छन्,“२०७४ सालमा आएको बाढि पीडित सुकुमबासीहरुका लागि यो बस्ती निमार्ण गरिन लागिएको हो ।” व्युत्पन्न तथा सुुुुकुमबासीको लागि भनेर बनाउन लागिएको बस्तीमा खानेपानी, बिजुली तथा अन्य व्यवस्था रहने कुरा उनले बताए । बस्तीको साथसाथै सानो बालमैत्री पार्क पनि बस्ती भित्र निमार्ण गरिन लागिएको छ ।
उनका अनुसार नगरपालिकाको समन्वयनमा यो बस्ती निमार्ण गरिन लागिएको हो । बस्ती निमार्णका लागि नगरपालिकाले १ विगा जमिन दिएको छ । बस्ती निमार्ण गर्न डेढ करोडको लागत लाग्ने उनले बताए । बस्तीमा २५ वटा घर बनाइने छ । एक तत्ले घरमा दुइ कोठा, एक भानसा , शैचालय र आगन बनाइने छ । त्यस २५ वटा घरमा सबैभन्दा व्युत्पन्न परिवारलाई छानेर राखिने छ । बस्ती निमार्णको काम असोेज सम्ममा सकिउने उनको भनाइ छ । अध्यक्षका अनुसार अबको अर्को चरणमा भने विभिन्न जिल्लामा शैचालय निमार्णको गर्ने प्याबसन अर्गनाइजेशनको सोच रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE