युनिग्लोव कलेजमा ‘जव प्लेसमेन्ट’ मेला सम्पन्न

प्रकाशित मिति :2019-05-16 06:51:29

काठमाडौ/२ जेठ– युनिग्लोव कलेजमा ‘जव प्लेसमेन्ट’ मेला सम्पन्न भएको छ ।
बुधबार सम्पन्न गरिएको कार्यक्रममा व्यवस्थापन संकायका एबीए र एमबीए(फाइनान्स) मा उत्तीर्ण छात्रछात्राहरु गरी १०० जना सहभागी थिए । कलेजका प्राचार्य एवम् प्रवन्ध निर्देशक डा. नरबहादुर विष्टका अनुसार युनिग्लोबका विद्यार्थीहरु व्यवस्थापन अध्ययनसंगै बजारको माग अनुसारको शिक्षा हासिल गरेको हुनाले उनीहरुको लागि यो कार्यक्रमले गन्तव्यमा पुराउनको लागि सहयोग पुराउने छ । कार्यक्रममा मेरोजवका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले युनिग्लोब कलेजको पढाइ र विद्यार्थीको क्षमता रहेको र यस्ता कार्यक्रमले विद्यार्थीहरु भविष्य उज्जवल बनाउने बताए ।
कार्यक्रममा चौधरी ग्रुप, गोरखा ब्रअरी, पञ्चकन्या ग्रुप, भिभो मोवाइल, एपिवान टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, आइएमइ, अटोमोटिम्स, वरुणा वेभेरेज(पेप्सी), मेरो जव लगायतका १८ वटा कम्पनीहरु उपस्थित थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE