एक विद्यार्थीको विदेश भ्रमणका लागि त्रिभुवन विश्वविद्यालयको परीक्षा सार्न पत्राचार

प्रकाशित मिति :2019-05-17 07:49:30

एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो ।

एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी स्वदेश फर्किएपछि मात्र परीक्षा गर्ने गरी तालिका मिलाउन खोजिएको छ ।आगामी २७ जेठमा हुने परीक्षा पछि सार्नका लागि क्याम्पस प्रशासनले नै परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ ।

क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए । ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने ।

अन्य केही विद्यार्थीले भने परीक्षा नसार्न दबाब दिएका छन् । क्याम्पस प्रमुख पराजुलीलाई भेटेर उनीहरूले परीक्षा सार्दा सबै विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने बताएका थिए । बिएएलएलबीमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन् । देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ ।

परीक्षानियन्त्रक पुष्पराज जोशी भन्छन्–परीक्षा सर्दैन

परीक्षा सार्न आग्रह गरेको पत्र आइपुगेको छैन । पत्र आए पनि एक विद्यार्थीका लागि परीक्षाको तालिका सार्न सकिँदैन । दैवीप्रकोप र आकस्मिक घटनामा मात्रै परीक्षा सर्न सक्छ । त्रिविको क्यालेन्डरअनुसार परीक्षा तालिका आउँछ र तालिका आएपछि बिदा परे पनि परीक्षा सर्दैन । साभार- नयाँ पत्रिका

 

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाले माग्यो १ खर्ब ५० अर्ब

काठमाडाैं/१२ जेठ-शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले सरकारसँग करिब १ खर्ब ५० अर्ब रुपिया बजेट माग गरेको

दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE