ग्रिनल्यान्ड र बिएनएले उपाधि

प्रकाशित मिति :2019-05-18 11:17:39

काठमाडौं/४ जेठ– चौथो बिएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा यस वर्ष ग्रिनल्यान्ड र बीएनएले खेल जितेका छन् ।
शुक्रबार आयोजित प्रतियोगितामा बीएनए जुनियर ब्वाइज तथा सिनियर ब्वाइज ग्रिनल्यान्ड थ्री बाई थ्रीमा पहिलो भएका छन् । खेल बसुन्धारास्थित घरेलु र्कोटमा आयोजना भएको थियो । जुनियर ब्वाइज फाइनलमा बीएनएले लालिगुराँस नेश्नल एकेडेमीलाई २५–२० पराजित गरेका हो । त्यसैगरि सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ग्रिनपिकलाई २१–१४ ले पराजित गरेको हो ।
सन्देश र राजिव खेलमा सर्वाधिक स्कोर ल्याइ‘मस्ट भेलुएबल प्लेयर’ धोषित भएका छन् । अमृत र्बोडिङ स्कुल‘इमजिङ टिम’ चुनिएका छन् । सिनियर ब्वाइजमा सिद्धार्थ मोडेल र जुनियर ब्वाइजमा मनासलु स्कुलले अनुशासित टिमको उपाधि प्राप्ता गरेका छन् । जुनियर ब्वायजमा इबीएका सुनिल मल्ल (५०अंक) तथा सिनियर ब्वाइजका ग्रिनल्यान्डका पेम्बा तामाङ(२५अंक) सर्वाधिक स्कोर कर्ताका भएका छन् ।
विजय हुने टिमलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, नगरपालिकाको सदस्य कल्पना धिमिरे, प्बसन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याबसनका उपाध्यक्ष प्रेम राई, बीएनएका प्राचार्य टंककुमार चापागाईले पुरस्कार वितरण गरेको थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE