“छैठौं कान्तिपुर हिसान एडुफेयर–२०१९” जेठ ९ गते देखि १२ सम्म

प्रकाशित मिति :2019-05-21 07:02:24

काठमाडाैं/७ जेठ- उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ हिसान र कान्तिपुर पब्लिसनको संयुक्त आयोजनामा “छैठौ कान्तिपुर हिसान एडुफेयर–२०१९” यहि जेठ ९ देखि १२ गते सम्म सम्पन्न हुदैछ ।
“उत्कृष्ठ शिक्षा नेपालमै” भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डप, प्रदशनीहलमा मेला सञ्चालन हुनेछ । मेला आयोजना गर्नुको मूख्य उद्देश्य भनेको नेपालमा सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ठ शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउन र नेपाल मै पनि उत्कृष्ठ शिक्षा पाइन्छ भन्ने जानकारी दिनु हो । विद्यार्थीहरूले कुन विषय पढ्ने, विषय कुन छनोट गर्ने, कुन विषय किन पढ्ने, कसरी छनोट गर्ने भन्ने कुरा यस मेलाबाट जानकारी लिन सक्छन् । मेलामा विद्यालय शिक्षादेखि विभिन्न उच्च प्राविधिक कार्यक्रम सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूवाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र(सीटीईभीटी) को सम्बन्धमा सञ्चालन १ सय ५० भन्दा बढि शैक्षिक संस्था सहभागी हुने छन् ।
मेलामा विभिन्न संस्थाहरुका प्रस्तुतिका साथै विज्ञहरुको सहभागितामा शैक्षिक जानकारी मूलक तथा विषयगत सेमिनारहरु आयोजना गरिने छ ।
कान्तिपुर हिसान एडुफेयर–२०१९ को मुख्य प्रायोजकहरुमा व्रिजवाटर ईन्टरनेशनल कलेज, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर(सि.सि.आर.सी), गोल्डेनगेट ईन्टरनेशनल कलेज, काठमाण्डौं बल्ड स्कूल रहेका छन् भने प्रायोजकहरूमा ड्याफोडिल स्कूल, डिएभि कलेज, हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज, इन्टरनेशनल स्कूल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट(आ. एस. टि.) कलेज, किष्ट कलेज, लिटिल एञ्जेल्स कलेज, एल आर आई स्कूल, नामी कलेज, नोवेल एकेडेमी, पेन्टागन ई कलेज, प्रिमियर कलेज, साउथ वस्टर्न स्टेट कलेज, ट्रिनिटी ईन्टरनेशनल कलेज, ट्रिटोन ईन्टरनेशनल कलेज, भि.एस्.निकेतन कलेज, र जेभिएर ईन्टरनेशनल कलेज रहेका छन् भने सहयोगी संस्थाको रुपमा हेराल्ड कलेज काठमाडौ रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE