विद्यालयको साढे ३३ लाख रुपैंया हिनामिना

प्रकाशित मिति :2019-05-22 08:23:02

काठमाडौं/८ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग विद्यालयको साढे ३३ लाख रुपैंया भन्दा धेरै रकम हिनामिना गरेको मुद्धा दायर गरेको छ ।
अख्तियारले कपिलबस्तुको समयनाथ माध्यमिक विद्यालयको तत्कालिन प्राधानाध्यापक थानेश्वर खनाल जैसी, शिक्षा र व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेको विरुद्ध मुद्धा दायर गरेको हो । विद्यालयमा अनियमितता गरेको उजुरी उपर अनुसन्धान हुँदा ३३ लाख ५३ हजार ७ सय ७६ पैसा हिनामिना भएको फेला पारेको अख्तियारको दावी छ ।
विद्यालयको सम्पूर्ण क्रियाकलाप तथा सञ्चालनमा लापरवाही गरी हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलबभत्ता खुवाएको, विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजिम नभएको, महायज्ञमा संकलित रकममा हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा फेला परेको अख्तियारको दावी छ ।
विद्यालयको लागि निकासा भएका २१ लाख ३९ हजार ६ सय ५ रुपैया तत्कालका प्राध्यापक जैसीले हिनामिना गरेकोमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । त्यसै शिक्षक दधिराम न्यौपाने र विद्यालय व्यवस्थापनका अध्यक्ष छविलाल भुसालले भ्रष्टाचार गरेको ३ लाख ७ हजार ७० रुपैया विगो कायम गरी मुद्धा दायर गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE