सार्वजनिक शिक्षाको सुधार भएपछि निजी क्षेत्र आफै पछि पर्नेः प्रधानमन्त्री केपि शर्मा ओला

प्रकाशित मिति :2019-05-23 12:58:52

काठमाडौं/९ जेठ– प्रघानमन्त्री केपि शर्मा ओलीले सार्वजनिक शिक्षाको सुधार भएपछि निजी क्षेत्र आफै पछि पर्ने बताएका छन् ।
बिहिबार भएको कान्तिपुर हिसनाको छैठौ शैक्षिक मेलामा प्रमुख अतिथिका रुपमा बाल्दै,“सार्वजनिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्यौ भने निजी क्षेत्र पछि पर्दे जाने छ ”। उहाँले निजी क्षेत्रलाई तल पारेर भन्दा पनि सामुदायिक विद्यालयलाई त्यो स्तरमा पुराएर निजी विद्यालयलाई संकटमा पार्ने बताउनु भयो वशिष्ट अतिथिका रुपमा शिक्षा मन्त्री गिरीराज मणि पोख्रेल कार्यक्रममा उपस्थित थिए । प्रधानमन्त्रीले कार्यक्रममा बाल्दै निजी क्षेत्रलाई नियन्त्रण गरेर भन्दा पनि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरेर संकटमा पार्ने बताउनुभयो । राज्यको लगानी प्रयाप्त नभएको र शिक्षाका विकासका लागि दुवै, सामुदायिक र निजी मिलेर अघि बढ्नु पर्ने पनि बताउनु भयो ।
त्यसैगरी उहाँले विद्यार्थीलाई नेपालमा नै शिक्षा छ है भन्ने भावना प्रकट गर्नुभएको छ । विदेशमा पढ्ने कुरामा असहमत व्यक्त गर्दै, “उच्च शिक्षाको लागि विदेशमा शिक्षा लिने विद्यार्थीलाई रोक्न सकिदैन तर उनीहरुलाई स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदानको गर्ने वातावरण बनाउने छौं ” ।
त्यसैगरी विशिष्ट अतिथिका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले, “ निजी होस वा सामुदायिक विद्यालय होस. शिक्षा भने गुणस्तरीय प्रदान गर्नुपर्छ” । शिक्षालाई व्यवपारको नजरले भन्दा पनि सेवाको भावले हेर्यौ भने शिक्षा क्षेत्रले फड्का मार्ने उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE