दरबार हाई स्कुलको पुनः निर्माणको मुख्य काम सम्पन्न

प्रकाशित मिति :2019-05-24 11:13:35

काठमाडाैं/१० जेठ- भूकम्पले ध्वस्त बनाएको काठमाण्डौको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएकोे हाई स्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भूकम्पले ध्वस्त बनाएको दरबार हाई स्कुलको मुख्य भवन निर्माणको काम १० महिनाभित्रै सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनुभयो । ४६ कोठा रहेको चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ ।

२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट दरबार हाई स्कुलको निर्माण काम सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण काम सम्पन्न भएको पनि विद्यालयका प्रधानाध्यापक महतोले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिनुभयो । उहाँले दरबार हाई स्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०१० सालमा स्थापना भएको दरबार हाई स्कुल नेपालको पहिलो आधुनिक हाई स्कुल हो । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भैरहेकोे हो । आउँदो मंसिर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने पनि हाई स्कुलका प्रधानाध्यापक महतोले बताउनुभयो । साभार-उज्यालाे अनलाइन

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE