पायनियर क्वाटरफाईनलमा

प्रकाशित मिति :2019-06-04 07:10:14

काठमडौँ २१ जेठ पायनियर पब्लिक स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको छ । पायनियरले प्राक्टिस ईन्टरनेशनल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनल यात्र तय गरेको हो । प्राक्टिस यस अघिनै क्वाटरफाईनल प्रवे गरिसकेको छ । पायनियरका लागि कैलाश कार्कीले २ र करण तामाङ्ग र राजीव श्रेष्ठले एक एक गोल गरे । यस्तै प्राक्टिसका लागि दिपेश तामाङ्गले गोल गरे ।
अन्य खेलमा एजिएमले भेनस माथि ३–२ गोल अन्तरले पराजित ग¥यो । एजिएमका रञ्जन यादवले २ र कृष्ण भुजेलले एक गोल गरे । भेनसका लागि दुवै गोल सफिर खानले गरे । अर्किड पिपल एकेडेमी र नोवल एकेडेमी विच भएको खेलमा अर्किडले बाजी मा¥यो । अर्किडले ४–३ गोल अन्तरले जित निकालेको हो । अर्किडका संदीप कटुवालले २ तथा दिपेश बुढाथोकी र परिक्षण गौतमले एक एक गोल गरे । नोवलका प्रवलराज महत, संदीप पनेरु र कृतन गैरेले गोल गरे । अर्को खेलमा प्रस्फुटनले विपुल शिक्षा निकेतनबाट वाक ओभर प्राप्त ग¥यो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE