आज ४५ औं विश्व वातावरण दिवस विद्यालयहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउदै

प्रकाशित मिति :2019-06-05 02:37:01

काठमाडौं/२२ जेठ – “स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ आज ४५ औं वातारण दिवस मनाइदै छ ।
यो दिवस विश्वव्यापी रुपमा मनाइँदै आएको छ । वातावरणलाई संरक्षण गर्ने हेतुले यो दिवस मनाउन थालिएको हो । दिवसको अवसर पारी वृक्षारोपण, सरसफाई, सचेतना रयाली, अन्तक्रिया, शैक्षिक प्रतियोगिताहरु तथा वातावरण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरी मनाइँदै छ ।
“स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ विद्यालयहरुले पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्दछन । यस वर्ष पनि ल्यान्डमार्क स्कुलले वातारण दिवसको लागि भनेर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यालयका विद्यार्थीहरुलाई एकै नाराका साथ रयालीमा लगिने छ । प्रध्यापक दुर्गा सिहंका अनुसार सबै विद्यार्थीलाई जम्मा गरेर वातावरणलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयलाई केन्द्रित गरेर ¥याली गरिने छ ।
त्यसैगरी नेश्सनल एकेडेमिका प्रधानाध्यापक कृष्ण बहादुर थापा बताउछन्,‘ यस वर्ष वातारण दिवसमा विद्यार्थी बीच वकतित्वकला प्रतियोगिता आयोजना गर्ने योजना वनाएका छौँ । वकतित्वकला प्रतियोगितामा विद्यार्थीहरुले वातावरण संरक्षण कसरि गर्ने सकिन्छ भन्ने विषयमा कार्यक्रम आयोजना गरिने छ । त्यसैगरी विद्यालले जनचेतना मूलक रयालि गर्नेछ । जोसेफ हाई स्कुलले यस वर्ष विद्यालयको वरपरको गएर घर, समाज, विद्यालय, टोल छिमेकमा विरुवा रोपौ भन्नेर रयाली लगाउने योजना बनाएको छ ।
पछिल्लाे समय विश्व भरिनै बढदो जनसंख्या र वन विनाशको कारण वातारण निकै प्रदुषण भइरहेको छ । विभिन्न रुखहरु काटेर मानिसहरुले घर बनाउने क्रम बढिरहेको छ । वातारण प्रदुषणका कारणले बषौ देखि धेरै जनावरहरु लोप हुदै आइरहेका छन् । यसरी हरेक वर्ष जनावर तथा वोट विरुवाहरु लोप भइरहेका छन् । यसरिनै वातारण प्रदुषण हुदै जाने हो भने एक दिन मानवको असतित्व पनि रहदैन । यहि विषयमा चिन्तित भएर संयुक्त राष्ट्रसंघको मद्दतमा विश्व भरि नै वातारण दिवस मनाइन्छ ।संयुक्त राष्ट्र संघले सन् १९७२ देखि वातावरण दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्र संघको महासभाले जून ५ देखि १६ मा आयोजना गरेको विश्व वातावरण सम्मेलनको चर्चा पछि सन् १९७४ जून ५ मा पहिलो पटक विश्व वातावरण दिवस मनाइएको थियो । नेपालमा पनि हरेक वर्ष जेठको २२ गते वातारण दिवस मनाइन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE