एआइबिटी इन्टरनेशनल कलेजको दर्ता खारेजी फिर्ता

प्रकाशित मिति :2019-06-05 09:52:25

 

काठमाडौ/ २२,जेठ – तिन महिना अगाडि एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थीहरु अलपत्र परेका थिए । उत्त घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेको जनकारि केहि हप्ता पहिला आएको थियो। इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले मे १५ मा VET र CRICOS को दर्ता खारेजी गर्ने सूचना प्रकाशित गरेको थियो । कलेजको दर्ता खारेजी गर्ने निर्णयगरेसँगै विद्यार्थीहरु अन्यौलमा परेका थिए।

एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा खारेजीमा परेको थियो। दुवै कलेज एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन्।

यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थीहरु अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुनस् सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो ।
एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुन सोचनिय बन्यो र नेपालमा पनि सबैतिर यसको तरङग फैलियो। यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका बेला पुन एआइबिटीको खारेजीको असरमा अरु हजारौं नेपाली विद्यार्थीहरू पर्ने अवस्था देखिएको थियो।

तर अहिले आएर अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले कलेजको दर्ता खारेजी उल्टाउन बाध्य भएको छ । अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहन्छ । यहि अधिकार अनुसार इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजले माथिल्लो निकायमा पुनरावलोकनका लागि मुद्धा दायर गरेको थियो । त्यसैगरी ५ जुनमा अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले आफुले प्रकाशित गरेको सूचनालाई रद्द गरेर कोर्टमा दायर भएको मुद्धालाई त्यहि अन्त्य गरेको छ । कोर्टमा सुनुवाई हुनु अगावै त्यस मुद्धालाई आस्क्वाले अन्त्य गरेको हो । सूचनालाई रद्द गरे संगै अब एआइबिटी इन्टरनेशनल कलेजले निर्वाध रुपमा VET र CRICOS संचालन गर्न पाउने छ । साथै आस्क्वाको निणयलाई स्वगत गर्दै कलेजले सुचना प्रकाशित गर्दै जानकारि दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE