‘वातावरण तथा दिगोपना’ सम्मेलन यहि नोभेम्बरमा

प्रकाशित मिति :2019-06-12 11:46:17


काठमाडौं/२९ जेठ– त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागको आयोजनामा नोभेम्बर २२ देखि २४ सम्म ‘वातावरण तथा दिगोपना’ सम्बन्धी विश्व सम्मेलन हुने भएको छ । सम्मेनलमा विश्वका २ सय वैज्ञानिक उपस्थित हुनेछ ।
सम्मेलनमा वायु प्रदुषण तथा जलवायु परिवतृन, फोहोर मैला व्यवस्थापन, दिगो विकास तथा वातावरणीप्य नीति लगायतका विषयमा कार्यक्रम रहेको छ । सुदुरपश्चिम विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, संयुक्त राज्य अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालय, कोलोरोडा स्कुल अफ माइन्स, जोन हप्किन्स विश्वविद्यालय, फ्लोरिडा कृषि तथा यान्त्रिक विश्वविद्यालय, फ्लोरिडा स्टेट विश्वविद्यालय तथा वायोमिङ्ग विश्वविद्यालयको सहकार्यमा सम्मेलन आयोजना गरिन लागिएको हो ।
प्रा.डा उपकुल पति तीर्थराज खनियाका अनुसार सम्मेलनबाट वातावरण सम्बन्धी महत्वपूर्ण विषयमा अन्तराष्ट्रिय क्षेत्रमा अनुभव प्राप्त वैज्ञानिकहरुको महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।
वातावरण केन्द्रीय विभागका प्रमुख प्रा.डा रेजिना मास्केले सम्मेलनबाट आर्थिक विकास, वातावरणीय संरक्षण तथा सामाजिक न्याय जसतो विषय पनि एक साथ अधि बढ्ने विश्वास राखेकि छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE