हृदयघातका कारण पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

प्रकाशित मिति :2019-06-14 05:00:37

काठमाडौ/ ३१ जेठ  – पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भनएको छ । पौडेलको चितवनको माडीस्थीत आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

‘उहाँको हृदयघातका कारण निधन भएको हो’, उनले भने, ‘घरमै हृदयघात भएको थियो । अस्पतालसम्म नपु¥याउँदै बाटोमा निधन भएको थियो । अस्पताल पुग्नेवित्तिकै निधन भएको घोषणा गरिएको थियो ।
पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो ।उनको उपचारका क्रममा सोही अस्पतालमा निधन भएको जनाइएको छ ।
उनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य हुन भने दोश्रो संविधानसभा चुनावमा समानुपातिक तर्फका सांसद थिए । पार्टी अध्यक्ष प्रचण्डको दोश्रो प्रधानमन्त्री कालमा उनी ३० श्रावण २०७३ देखि १७ जेठ २०७४ सम्म शिक्षामन्त्री भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE