टेलिकमले एकैपटक १ सय ५५ र एनटीएले २७ जना कर्मचारी माग्यो

प्रकाशित मिति :2017-02-19 10:16:54

८ फागुनः नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ । टेलिकमले आज विज्ञापन प्रकाशित गर्दै विभिन्न पदका लागि जागिर खुलाएको हो ।
विभिन्न प्राविधिक सहित प्रशासनिक पदहरुमा टेलिकमले दरखास्त आह्वान गरेको छ । उप—प्रवन्धकदेखि टेक्निसियन सम्मको माग गरिएको छ । एकैपटक ४० टेक्निसियनका लागि जागिर खुलेको छ । टेलिकमलेले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ भने महिला २४, आदिवासीरजनजातीमा २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ कोटामा जागिर खुलेको हो । आइतबारबाट ३० दिन भित्र आवेदन दिन सकिनेछ ।
यसैगरि दुरसञ्चार प्राधिकरणले पनि आजै २७ जनाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले उपनिर्देशकदेखि सहायक पदसम्मका लागि दरखास्त मागेको हो ।

    Comment Here!

Related NEWS

मुख्य खबर

आयोगले भन्यो “परीक्षा सर्दैन”, अस्थायी शिक्षकले भने “हुन दिँदैनौ”

काठमाडौं/अस्थायी शिक्षक संघर्ष समितिले भदौ ३ गते हुन लागेको अस्थायी शिक्षकको परीक्षा सार्नुपर्ने भन्दै शिक्षक

विदेशी कलेजलाई पाठ्यक्रम विकास केन्द्रबाट मान्यता लिन त्रिविको निर्देशक

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज वा संस्थालाई त्रिवि पाठ्यक्रम विकास केन्द्बाट संस्थागत

Read more
ताजा अपडेट