हरिबहादुरको किताब यात्रा सुरु

प्रकाशित मिति :2017-05-29 08:30:11

काठमाडौ/१५ जेठ-हास्यकलाकार हरिवंश आचार्यको नयाँ उपन्यास ‘हरिबहादुर’को किताब यात्रा सुरु भएको छ । राजधानीमा शनिबार आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई बिदाइ गरेर ‘हरिबहादुर किताब यात्रा’को औपचारिक सुरुआत गरेका थिए । किताबलाई आममानिससम्म पुर्याउने उद्देश्यले यात्रा गरिएको हो ।
पुस्तक लेखिन्छ तर त्यसलाई बजारमा पुर्याउने काम त्यति व्यवस्थित रूपमा गरिँदैन तर यो यात्राले पुस्तक पाठकसम्म र्पुयाउन महत्ववपूर्ण भूमिका खेल्ने मदनकृष्ण श्रेष्ठले बताए । उक्त कार्यक्रममा बोल्दै आत्मकथा लेखनमा एक प्रकारको नयाँ लहर आएको श्रेष्ठले बताए ।
प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत निरज भारीले भने, ‘फाइनप्रिन्टको स्थापना कालदेखि नै पुस्तक प्रवद्र्धनका नयाँनयाँ प्रयोग गरेर पुस्तकको बजार विस्तार गर्दै लैजाने प्रयास रहँदै आएको छ । यो किताब यात्रा त्यसैको पछिल्लो कडी हो ।’
लेखक आचार्यले भने, ‘पठनसंस्कृतिलाई व्यावसायिकतासँग जोड्ने राम्रो प्रयास हो, यो किताब यात्रा । यस यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकसँग प्रत्यक्ष संवाद गर्नेछु । यो मेरो लागि नौलो अनुभव हुनेछ ।’ १४ दिनको यो यात्रा पोखरा, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, चितवन, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली गरी ११ ठाउँमा हुनेछ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सबै विकास क्षेत्रको मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ चैत– शिक्षा सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको सबै विकास क्षेत्रको नतिजा

कखरा सिकाउने गीत, हेर्नुहोस लोकभाका यस्तो छ गीत

काठमाडाैं,  १२ चैत – तपाई बालबालिकालाई अक्षर कसरी चिनाउनुहुन्छ ? कसरी लेख्न लगाउनु हुन्छ ?

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE