फेरि सर्ने भयो कक्षा ११ को बोर्ड परीक्षा

प्रकाशित मिति :2017-05-29 10:51:13

काठमाडौं/दोस्रो चरणको स्थानीय तहको निर्वाचन १० दिन पछाडि सरेसँगै कक्षा ११ को परीक्षा प्रभावित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले आज सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मात्रै बोर्डको बैठक बसी नयाँ निर्णय गर्ने जानकारी दिए । उनले भने, “निर्वाचनमा परीक्षा सम्भव छैन, नयाँ मिति छिट्टै तय गरिनेछ ।”
यस अगाडि पहिलो चरणको निर्वाचनका कारण बैशाख २४ गतेदेखि हुने भनिएको कक्षा ११ को बोर्ड परीक्षा असार १ गतेदेखिका लागि सारिएको थियो । तर, दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेदेखि हुने तय भएसँगै बोर्डले असार ८ गतेदेखि हुने गरी परीक्षा नयाँ मिति तोकेको थियो ।
तर, मन्त्रिपरिषद्को सोमबारको बैठकले दोस्रो चरणको निर्वाचन १० पछि असार ९ गतेदेखि गर्ने निर्णय गरेसँगै कक्षा ११ को बोर्ड परीक्षा प्रभावित हुने भएको हो । मंगलबार बस्ने बैठकले एक, दुई विषय मात्रै हेरफेर गर्ने कि पूरै परीक्षा नै सार्ने भन्नेबारे निर्णय गर्ने रिमालले जानकारी दिए ।

    Comment Here!

Related NEWS

मुख्य खबर

आयोगले भन्यो “परीक्षा सर्दैन”, अस्थायी शिक्षकले भने “हुन दिँदैनौ”

काठमाडौं/अस्थायी शिक्षक संघर्ष समितिले भदौ ३ गते हुन लागेको अस्थायी शिक्षकको परीक्षा सार्नुपर्ने भन्दै शिक्षक

विदेशी कलेजलाई पाठ्यक्रम विकास केन्द्रबाट मान्यता लिन त्रिविको निर्देशक

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज वा संस्थालाई त्रिवि पाठ्यक्रम विकास केन्द्बाट संस्थागत

Read more
ताजा अपडेट