कक्षा ११ को परीक्षा असार १ देखि, नयाँ तालिका सहित

प्रकाशित मिति :2017-05-31 10:22:15

काठमाडौ /१७ जेठ-कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको कारण पटक पटक सरेको परीक्षा आज बसेको परीक्षा बोर्डको बैठकबाट परीक्षा १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव मिति ९ गतेबाट १४ गतेमा सारे लगत्तै कक्षा ११ को परीक्षा अगाडी सारेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव डा. डिल्लीराम रिमालले बताए ।

यस अघि स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थियो । चारवटा प्रदेशमा ३१ जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि यस अगाडि कक्षा ११ को परीक्षा ८ असारदेखि हुने गरी सारिएको थियो ।

    Comment Here!

Related NEWS

मुख्य खबर

आयोगले भन्यो “परीक्षा सर्दैन”, अस्थायी शिक्षकले भने “हुन दिँदैनौ”

काठमाडौं/अस्थायी शिक्षक संघर्ष समितिले भदौ ३ गते हुन लागेको अस्थायी शिक्षकको परीक्षा सार्नुपर्ने भन्दै शिक्षक

विदेशी कलेजलाई पाठ्यक्रम विकास केन्द्रबाट मान्यता लिन त्रिविको निर्देशक

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज वा संस्थालाई त्रिवि पाठ्यक्रम विकास केन्द्बाट संस्थागत

Read more
ताजा अपडेट