शिक्षक पेशा छाडेर गाविस अध्यक्ष, त्यसपछि गाईपालक किसान

प्रकाशित मिति :2017-06-22 11:27:36

पैसावालहरु राजनीतिमा लागेर स्थानीय चुनावमा उम्मेदवार बनिरहेका बेला रामेछापका एकजना पूर्व जनप्रतिनिधि भने राजनीतिमा पैसा सिध्याएर खेतीपाती पशुपालनमा फर्किएका छन् ।

धेरै अवसर र सम्भावनालाई छाडेर पूर्व गाविस अध्यक्ष एवं नेपाली काँग्रेसका नेता शंकर अधिकारीले कृषि र पशुवालबाट स्वरोजगार मात्र हैन अरुलाई रोजगारी पनि दिन सकिन्छ भन्ने नमूना पेस गरेका छन् ।

शिक्षकबाट गाविस अध्यक्ष अब किसान

हाल मन्थली नगरपालिका ३ मा पर्ने साविकको कठजोर गाविसमा दुई पटक अध्यक्ष निर्वाचित भएका शंकर अधिकारीले २०४९ मा गाविस अध्यक्ष उम्मेदवार हुनुअघि ६ वर्ष शिक्षण पेशा अपनाएका थिए ।

लगातार १० वर्ष कठजोर गाविसको अध्यक्ष निर्वाचित भएका अधिकारी नेपाली कांग्रेसको महासमिति सदस्य पनि थिए । माओवादी सशस्त्र द्वन्द्व चर्किदै जाँदा अधिकारी पनि गाउँ बस्न सकेनन् । उनी लगभग बिस्थापित जस्तै थिए ।

जब माओवादी शान्ति प्रक्रियामा आयो त्यसपछि अधिकारी गाउँ फर्किए । उनलाई गाउँको मायाँले छाडेन । गाउँमा नै केही गर्ने पाए हुन्थ्यो भन्ने सोच आयो र उनी गाईपालन गर्ने निश्कर्षमा पुगे ।

‘गाउँमा आएपछि केहीन केही पेशा त गर्नै पर्यो, अरु भन्दा गाई पालन राम्रो होला भनेर यो पेसा सुरु गरेँ’, अधिकारीले भने ।

रक्सौलबाट ६ वटा गाई ल्याएर व्यवसाय सुरु

गाई पाल्ने शोख जागेपछि अधिकारी गाई किन्न भारतको रक्सौल पुगे । त्यहाँबाट ५० हजारका दरले ६ वटा गाई ल्याएर अधिकारीले गाई फारम सुरु गरे । त्यस पछि यतै केही गाई किने । अहिले उनको र्फममा १५ वटा ठूला गाई छन् । २ वटा गोरु र २ वटा साँढे बहर पनि उनको र्फममा छन् । यी मध्ये अहिले ८ वटा गाई लैना छन् । २ वटा गाई व्याउने छन् । अनि ५ वटा कोरली बाच्छि साँढे लाग्न लायकका भएका छन् ।

६ जनालाई दैनिक रोजगारी

अधिकारीको गाईफार्ममा अहिले दैनिक ६ जनाले रोजगारी पाएका छन् । ती मध्ये २ जना २४ सै घण्टा फार्ममा बस्छन् र गाईको सेवा गर्दछन् । २ जना बिहान आएर बेलुका घर जान्छन् ।

एकजना बिहान र साँझ गाइर् दुहुन आउँछन् र अर्का एकजना बेलबेलामा गईको घास, स्वत्तर आदिको रखवारी गर्दछन् । उनको फार्मबाट अहिले दैनिक एक सय लिटर दुध उत्पादन हुन्छ । उत्पादित दुध मध्ये ७५ देखि ८० लिटर दुध जिल्ला सदरमुकाम मन्थली पठाउँछन् भने बाँकि दुध गाउँमा नै खपत हुन्छ ।

दुध ढुवानीमा समस्या

गाई फर्म राम्रै चले पनि अझै सोचेजस्तो बनाउन नसकेको अधिकारी बताउँछन् । ‘६ जनाले रोजगारी पाएका छन् । आफूलाई पनि थोर बहुत आम्दानी भएको छ । तर अझै सोचे जस्तो भएको छैन ।

दुध १५ किलोमिटर तलै लैजानु पर्छ, आप\mनो साधन छैन । सार्वजनिक यातायतले कहिले लैजान मान्दैनन् । त्यस्तो बेला सबै दुध विग्रन्छ’, अधिकारीले भने ।

राजनीति र गाईपालन संगसंगै

गाईपालन पेशामा लागेपनि अधिकारीले राजनीति छाडेका छैनन् । उनी अहिले पनि काँग्रेसको राजनीतिमा सक्रिय छन् । अनि सामाजिक काममा पनि । गएको स्थानीय तह निर्वाचनमा उनले नेपाली काँग्रेसबाट मन्थली नगरपालिकाको प्रमुखमा टिकट पाउने निक्कै चर्चा थियो ।

अन्तिममा गएर उनले टिकट पाएनन् । अहिले पनि उनी मन्थली नगर विकास समितिको अध्यक्ष छन् । उनी भन्छन्,’राजनीति मेरो सेवा हो, गाई पालन पेशा हो । त्यसैले दुवैलाई संगै जोडेर लैजान्छु ।’

स्रोत : अनलाइन खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

शिक्षाको अर्बौँ वैदेशिक सहायता जोखिममा

विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) का लागि दातृ निकायले सम्झौता गरेको अनुदान तथा सहायताको अर्बौँ

एमबीबीएस प्रवेश परीक्षा रद्द

चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE