अन्तराष्ट्रिय स्तरमा काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्छौं

प्रकाशित मिति :2017-06-23 10:00:14

दीपकराज जोशी
प्रिन्सिपल
न्यू मिलेनियम कलेज

प्लस टुमा कलेज र विषय छनोट कसरी गर्ने ?
विद्यार्थीहरुले विषय छान्दा अरुको लहैलहैमा लाग्ने काम भने कहिले पनि गर्नु हुँदैन । विषय छनो गर्दा आफ्नो परिवारको आर्थिक अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ । कलेजहरुले शिक्षालाई व्यापार बनाएका छन् । त्यसैले विद्यार्थीहरुले महँगो कलेज मात्र रोजेर हुँदैन । उक्त, कलेजले आफूले रोजेको विषय राम्रोसँग पढाउछ वा पढाउँदैन । गुणस्तरीय शिक्षा प्रदान गर्छ वा गर्दैन पनि हेर्नुपर्छ ।
विद्यार्थीले पढ्न चाहेको कलेजको दृष्टि, मिशन र उद्देश्यलाई विद्यार्थीले नियाल्नु पर्छ । कतिपय कलेजहरुले विद्यार्थी तान्नका लागि अन्य कलेजहरुलाई नराम्रो भनिएको पनि सुन्नमा आएको छ । त्यसैले विद्यार्थीले कुनै पनि कलेजबारे बुझ्न उक्त कलेजमा नै जानुपर्छ ।

एसईईपछि विद्यार्थीहरु कुन—कुन तहमा जान सक्छन् ? कता जाँदा ठीक हुन्छ ?
विद्यार्थीले विषय छान्दा मैले त्यो विषय पढ्न सक्छु वा सक्दिन, त्यस विषयमा मेरो रुचि र ग्रेड पुगेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । मेरो विचारमा भने विद्यार्थीहरुले सकेसम्म विज्ञान विषय पढ्दा राम्रो हुन्छ । किनभने प्लस टु तहमा विज्ञान पढेपछि विद्यार्थीले पनि जुनसुकैक्षेत्रमा पनि लाग्न सक्छ
यदि कुनै विद्यार्थीले कम ग्रेड ल्याएको छ तर उसले विज्ञान पढ्ने क्षमता राख्छ भने म उसलाई विज्ञान नै पढ्न सुझाव दिन्छु । तर नसक्ने विद्यार्थीहरुले भने आफ्नो रुचिको क्षेत्रमा पनि केही गर्न सक्छन् । प्लस टुमा विज्ञान पढेको विद्यार्थीलाई स्नातक तहमा गएर सम्पूर्ण क्षेत्रमा ढोका खुल्छ ।

हाल निजी कलेजहरुले निकै महँगो शुल्क लिए भन्छन् नि ? महँगो कलेजमा पढाइपनि गुणस्तरीय हुने हो ?
पैसा र गुणस्तरलाई कहिले पनि तुलना गर्नु हुँदैन । अहिले निजी शिक्षा क्षेत्रमा प्रतिस्पर्धा धेरै चर्को छ । कलेजहरु शिक्षाको गुणस्तरमा भन्दा उच्च सुविधाहरु दिनमा होडबाजी गर्दै रहेछन् ।
विद्यार्थीहरु पनि कलेजको पढाइभन्दा पनि त्यस कलेजले उपलब्ध गराउने सुविधाहरु प्रति लालाहित हुने गरेको पाइन्छ तर हामीले शिक्षाको गुणस्तरसँग कहिलेपनि सम्झौता गर्नु हुँदैन । गुणस्तर पैसालाई मान्ने कि पढाइलाई ? यो प्रश्न म सबै विद्यार्थीहरुलाई सोध्न चाहन्छु ।
मेरो उनीहरुलाई के सुझाव छ भने कुनैपनि कलेजले शुल्क बढी लिँदैमा त्यो कलेज राम्रो छ भन्ने हुँदैन । सस्तो शुल्क लिने कलेजले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ । न्यू मिलेनियम कलेजद्वारा मैले यो कुरालाई पुष्टी गरेर देखाएको छु ।

शुल्कको हिसाबले मिलेनियम कस्तो कलेज हो ?
हामीले यति नै लिन्छौं भनेर त भन्न सक्दैनौं । हामी जेहेन्दार र आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई शुल्कमा छुट दिन्छौं । कलेजमा नेपालका धनाढ्य व्यक्तिहरु आउँदैनन् । हाम्रो कलेजमा मध्यम तहका विद्यार्थीहरु पढ्न आउँछन् । त्यसैले हाम्रोमा शुल्क पनि उनीहरुलाई नै मध्यनजर गर्दै तोकिएको छ । ग्रेड, पृष्ठभूमि, प्रवेश परीक्षा इत्यादि हेरेर पनि शुल्कमा समायोजन गर्ने गरेका छौं ।

विद्यार्थीले न्यू मिलेनियम कलेजमा के—कस्ता सुविधाहरु पाउँछन् ?
विद्यार्थीलाई विज्ञान, व्यवस्थापन र मानविकी अध्यापन गराउँदै आएका छौ । विद्यार्थीको पढाइलाई सबैभन्दा माथि राखेका छौं । पढाइको कुरामा हामी कुनै पनि तवरले सम्झौता गर्दैनौं । यो बाहेक हामीले विद्यार्थीलाई खेल मैदान, खेल, इन्टरनेट, प्रिजेन्टेशन, अनलाइन, कक्षाकोठा, अनलाइन परीक्षा, क्विज जस्तासुविधाहरु प्रदान गरेका छौं । विभिन्न दक्ष व्यक्तित्वबाट विद्यार्थीहरुलाई कक्षा दिइरहेका हुन्छौं । विद्यार्थीका लागि आवश्यक सबै सुविधाहरु कलेजले प्रदान गरेको छ । हाम्रो विद्यार्थीले अन्तर्राष्ट्रिय रुपमा सबै विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो त्यसैले हामीले विद्यार्थीलाई त्यसै अनुरुप तयार गर्छौं ।

    Comment Here!

Related NEWS

मुख्य खबर

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर / असोज ७— माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ

एसईई पुरकको नतिजा आज

काठमाडौं/एसईईको पुरक परीक्षाको परीक्षाफल आज प्रकाशित हुने भएको छ । उप परीक्षा नियन्त्रक डिल्ली लुँइटेलले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE