शैक्षिक हड्ताल विरुद्व प्याबसनको विज्ञप्ती

प्रकाशित मिति :2017-06-27 07:24:07

काठमाडौं / असार १३— निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) ले विना जानकारी निजी विद्यालयमा गरिएको शैक्षिक हड्ताल विरुद्व आपत्ति जनाउँदै प्रेस विज्ञप्ती जारी गरेको छ ।
प्याबसनले अखिल क्रान्तिकारी विद्यार्थी संगठनको नाममा विना जानकारी गराइ असार १३ गते निजी विद्यालयहरुमा शैक्षिक हड्तालको विषयमा गम्भिर ध्यानाकर्षण गरेको जनाउँदै आज प्रेस विज्ञप्ती जाहेर गरेको हो ।
प्याबसनमा वार्ता समिति गठन भएपनि कुनै वार्ता विना नै निर्णय गर्ने गरेको प्याबसनका अध्यक्ष विजय सम्बाहम्फेले बताए । “आजको शैक्षिक हड्ताल सम्बन्धि हामीलाई बोलाएर कुनै जानकारी दिएको थिएन ।” उनले भने,“शुल्क वृद्वि भएर निजी विद्यालयहरुमा तालावन्दि गरेका बेलामा पनि हामीले केहि समस्या भए वार्ता गरेर सुधार गरि लैजानुपर्ने सुझाव दिएका थियौं । तर यो पटक पनि हामीसँग बार्ता नगरि नै निर्णय गरियो ।”
प्याबसनले उक्त विज्ञप्तीमा शुल्क बढाएको भन्दै उपत्यकाका केही विद्यालयमा भएको तालाबन्दी र हड्तालप्रति सरोकारवाला निकायसँग विना सम्वाद र जानकारी गरिने यस्ता कार्यक्रमहरु समाधानमुखी नरहेको हामीले महशुस गरेको कुरा पनि उल्लेख गरेको छ ।
अध्यक्ष सम्बाहम्फेले निजी विद्यालयहरुमा शुल्क वृद्वि भएको वा नभएको कुरा अझै पुष्टि नभएको जानकारी दिए । “विद्यालयको शुल्क बढाउने वा घटाउने भन्ने कुरा विद्यालयको मातहतामा हुन्छ ।” उनले भने,“यसरी वर्षेनी सुविधा तथा महँगी बढिरहेको छ त्यसको हिसाबले विद्यालयले शुल्क पनि बढाउन पाउँछ ।” तर विद्यालयले शुल्क लिए बराबरको सुविधा प्रदान गरेको छ वा छैन भन्ने कुरा भने पुष्टि गर्नुपर्छ । शुल्क कति लिने भन्ने कुरा कस्ले मूल्यांकन गर्ने भन्ने कुरा पुष्टि हुनुपर्ने उनले बताए ।
उक्त विज्ञप्तीमा प्याबसनले कुनै शर्त विना ताला खोली वार्ताद्वारा समस्याको समाधान गर्न आयोजकसँग अनुरोध गरेको छ ।

    Comment Here!

Related NEWS

मुख्य खबर

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर / असोज ७— माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ

एसईई पुरकको नतिजा आज

काठमाडौं/एसईईको पुरक परीक्षाको परीक्षाफल आज प्रकाशित हुने भएको छ । उप परीक्षा नियन्त्रक डिल्ली लुँइटेलले

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE