बृहत इक्यान मेला साउन ५ गतेदखि

प्रकाशित मिति :2017-07-09 11:12:41

काठमाडौं/अध्ययनका लागि बिदेश जाने विद्यार्थीलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ११ औं ‘इक्यान शैक्षिक मेला’ आयोजना गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन आयोजना गर्दै आगामी साउन ५ गतेदेखि चार दिने शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको हो ।
राजधानीको भृकुटीमण्डपमा आयोजना हुने मेलामा १ लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको इक्यानका कार्यबाहक अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।
मेलामा २३३ वटा स्टल तथा १७ वटा पेभेलियनहरु रहने इक्यानले जानकारी दिएको छ । इक्यानमा आबद्ध ५० भन्दा बढी संस्थाको सहभागिता रहने मेलामा विद्यार्थीले बिभिन्न देश, त्यहाँको शैक्षिक अवस्था, भिसा प्रोसेसिङसँगै लागत र कामबारे जानकारी लिन सक्नेछन । एउटै छातामुनी विभिन्न सस्थाको प्रतिनिधित्व रहने भएकाले विद्यार्थीले उपयुक्त विकल्प हुने पाण्डेले जानकारी दिए ।
मेलामा विद्यार्थीहरुले स्वदेशी तथा विदेशी शिक्षा प्रणालीबारे जानकारी लिन सकिने छ । त्यस्तै, विदेशमा पढ्दाका अवसर तथा सम्भावनाह त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम गुणस्तरीय शिक्षाबारे विद्यार्थीहरुलाई जानकारी गराइनेछ ।
मेलामा छिमेकी मुलुक भारतसँगै चीन, जापान, अष्ट्रेलिया, बेलायत, अमेरिका, फ्रान्स, न्यूजिल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्कलगगायतका देशमा शिक्षाका लागि जान चाहने विद्यार्थीहरुले सबै खाले जानकारी लिन सक्नेछन् ।
मेलामा चार दिन नै रक्तदान कार्यक्रम समेत गरिनेछ ।

    Comment Here!

Related NEWS

मुख्य खबर

आयोगले भन्यो “परीक्षा सर्दैन”, अस्थायी शिक्षकले भने “हुन दिँदैनौ”

काठमाडौं/अस्थायी शिक्षक संघर्ष समितिले भदौ ३ गते हुन लागेको अस्थायी शिक्षकको परीक्षा सार्नुपर्ने भन्दै शिक्षक

विदेशी कलेजलाई पाठ्यक्रम विकास केन्द्रबाट मान्यता लिन त्रिविको निर्देशक

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज वा संस्थालाई त्रिवि पाठ्यक्रम विकास केन्द्बाट संस्थागत

Read more
ताजा अपडेट