स्नातक तह प्रथम वर्षको नयाँ परीक्षा तालिका प्रकाशित

प्रकाशित मिति :2017-08-17 05:39:25

काठमाडौं / भदौ १— त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह प्रथम वर्ष (४ ÷ ३ वर्षे) को परीक्षा तालिका प्रकाशित गरेको छ ।
भदौ १ गतेदेखि हुने भनिएको परीक्षा सारिएको छ । अब परीक्षा भदौ ११ गतेदेखि सुरु भई ३० गते सकिनेछ ।
नयाँ परीक्षा तालिकामा २०७४/०५/०४ को परीक्षा २०७४/०५/१७ गते, २०७४/०५/०५ को परीक्षा २०७४/०५/२४ गते, २०७४/०५/०६ को परीक्षा २०७४/०५/२८ गते, २०७४/०५/०७ को परीक्षा २०७४/०५/२९ गते र २०७४/०५/०९ को परीक्षा २०७४/०५/३० गतेलाई सारिएको छ । स्नातक तह प्रथम वर्षको सबै संकाय पढ्ने विद्यार्थीहरु तथा मौका परीक्षा दिने विद्यार्थीहरु परीक्षामा भाग लिन पाउनेछन् ।
हाल नेपालको तराई भेगमा भइरहेको दैविप्रकोपका कारणले भदौ ४ गतेदेखि १० गतेसम्मको परीक्षालाई पछि सारिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE