क्यानडा जाने विद्यार्थीलाई लक्षित गर्दैै राजधानीमा सेमिनार हुँदै

प्रकाशित मिति :2017-09-19 11:58:15

काठमाडौं/उच्च शिक्षाका लागि क्यानडा जाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने क्यानडाको शिक्षाबारे जानकारी लिनका लागि सुनौलो अवसर छ ।
क्यानडाको शिक्षा, त्यहाँको अवस्थाबारे जानकारी दिने उद्देश्यले यही असोज ५ गते राजधानीमा जानकारीमूलक सेमिनार आयोजना हुँदैछ ।
पुतलिसडकस्थित स्ट्यान्डर्ड एजुकेशन कन्सलटेन्सीले असोज ५ गते कन्सलटेन्सीको कार्यालयमा बिहान र दिउँसो १ बजे जानकारीमूलक कार्यक्रमको आयोजना गर्ने कन्सलटेन्सीका सञ्चालक सरोज नेपालले जानकारी दिए ।
उक्त सेमिनारमा विद्यार्थीले क्यानडाको शैक्षिक अवस्था, जाने प्रक्रिया र पढाइपछिको भविष्यका बारेमा सम्बन्धित देशका कलेजका प्रतिनिधिसँग जानकारी लिन सक्नेछन् । सेमिनारमा क्यानडास्थित नायागरा कलेज क्यानडाका प्रतिनिधी तुषार चावलासँग विद्यार्थीले प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन् ।
कन्सलटेन्सीले राधाजनीपछि असोज ६ गते पोखरामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कन्सल्टेन्सीको न्यूरोडस्थित सम्पर्क कार्यालयमै सेमिनार आयोजना गर्नेछ ।
नायागरा कलेज सरकारी स्तरको कलेज हो । स्नातक तह अध्ययनका लागि अंग्रेजी भाषा परीक्षण विधी आईईएलटीएसमा ६ र स्नात्तकोत्तर तह अध्ययन गर्नका लागि कम्तीमा ६.५ उत्तीर्ण गरेको हुनुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE