चिकित्सा शिक्षा विधेयक विवादले रोकियो

प्रकाशित मिति :2017-10-12 05:49:03

काठमाडौं असोज २६— विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संसदमा नै रोकिएको छ ।
अनशनमा रहेका डा. केसीले संसदिय समितिले तयार पारेको प्रतिवेदनमा असन्तुष्टि जनाएपछि विधेयक अघि बढ्न नसकेको हो । राजनीतिक दलबीच डा. केसीको मागअनुसार विधेयक परिमार्जनमा विवाद छ ।
नेपाली काँंग्रेसले विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा। केसीको मागअनुसार अगाडि बढाउन समितिको प्रतिवेदन संशोधनको पक्षमा उभिएको छ । नेकपा ९एमाले० भने समितिले पारित गरेको प्रतिवेदनका आधारमा विधेयक पारित गर्ने पक्षमा छ । दलीय विवादका कारण पछिल्ला बैठकहरूमा नियमित रूपमा विधेयक सम्भावित कार्यसूचीबाट हट्दै आएको छ । सम्भावित कार्यसूचीमा प्रकाशित भएपछि नियमित रूपमा विधेयक हट्ने गरेको हो । बुधबार पनि विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरे पनि अन्तिम समयमा हटाइएको हो ।
प्रतिवेदनसहितको विधेयक समितिले संसद्मा प्रस्तुत गरे पनि पारित भई नसकेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनले भने,“समितिले प्रतिवेदन प्रस्तुत गरेको अवस्था छ तर, विधेयक पारितको प्रक्रिया अघि बढेको छैन । ” समितिले प्रतिवेदन तयार पारी दसैँअघि नै संसद्मा प्रस्तुत गरेको थियो । तर, विवादका कारण विधेयक पारित हुन सकेको छैन ।
डा. केसीले यसअघि नै प्रस्तावित विधेयकमा १७ बुँदे सुझाव प्रधानमन्त्रीलाई दिइसकेका छन् । उनले विभिन्न दफाहरुमा विधेयकको प्रस्तावनादेखि सुझाव दिएका छन् । काठमाडौँ उपत्यकामा ऐन जारी भएको दश वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन र प्रतिष्ठान खोल्न नपाउने व्यवस्थाको सुझाव उनको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE