एमबीबीएस पढ्न बंगलादेश

प्रकाशित मिति :2017-10-16 08:22:29

एमबीबीएस अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि बंगलादेश पहिलो रोजाइको गन्तव्य बन्दै आएको छ । प्रत्येक वर्ष ६ सयभन्दा बढी डाक्टर बन्न चाहने विद्यार्थीहरु नेपालबाट बंगलादेशका विभिन्न कलेज तथा विश्वविद्यालय पुग्छन् ।
बंगलादेशमा हाल ८९ वटा मेडिकल कलेज छन् । जसमध्ये २९ वटा सरकारी र ५४ वटा निजी छन् । यसबाहेक, त्यहाँको रक्षामन्त्रालय अन्तर्गत ६ वटा मेडिकल कलेज सञ्चालित छन् । सबै मेडिकल कलेजले ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी (एमबीबीएस) कोर्स प्रदान गर्छन् ।
त्यस्तै केही मेडिकल कलेज र विश्वविद्यालयले डाक्टर अफ मेडिसिन (एमडी) वा मास्टर अफ सर्जरी (एमएस) को स्नातकोत्तर तह कोर्स अध्यापन गराउँछन् । सामान्य चिकित्सक परिषद्को विदेश पञ्जीकरणको घोषणाका कारण केही संस्थाहरुले प्रदान गरेको एमबीबीएस डिग्रीले बेलायतमा रजिस्ट्रेसनको लागि आवेदन गर्न सक्छन् ।
बंगलादेश ‘बंगालको भूमि’ नामले परिचित छ । बंगलादेश विश्वकै धेरै जनआवादि भएको देशमध्ये आठौं स्थानमा पर्दछ । जहाँ १६ करोड जनसंख्या छ । बंगलादेशले स्वतन्त्रतादेखि मानव र सामाजिक विकास, लैंगिक विभेदमा कमी, सार्वभौम प्राथामिक शिक्षा, खाद्य उत्पादन, स्वास्थ्य र जनसंख्या नियन्त्रण जस्ता महत्वपूर्ण उपलब्धी हासिल गरेको छ ।
शिक्षाको कुरा गर्ने हो भने, बंगलादेशमा उच्चस्तरीय शिक्षा प्रदान गरिन्छ । बंगलादेशले आफ्नो देशमा नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि शिक्षा प्रदान गरिरहेको छ । बंगलादेशमा विभिन्न विषय पढ्न जाने विद्यार्थीहरुको लर्को नेपालमा पनि लागेको छ । बंगलादेशमा मेडिकल विषय पढ्न जाने विद्यार्थीहरु धेरै छन् । बंगलादेशमा मेडिकल स्कूललाई मेडिकल कलेज भनेर चिनिन्छ ।
“मेडिकल कलेजहरुले स्नातक तहमा एलोपेथिक र अल्टर्नेटिभ औषधीसँग सम्बन्धित मेडिकल कोर्सहरु उपलब्ध गराएका छन्” नयाँ बानेश्वरस्थित कृष्ण कन्सलटेन्सीका सञ्चालक सन्तोष चौधरीले बताए । उक्त कलेजहरुलाई स्वास्थ्य तथा पारिवारिक कल्याण मन्त्रालयको नियन्त्रणमा हुन्छन् भने सम्बन्धित जिल्लामा रहेका विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त भएको उनले बताए ।
“बंगलादेशको केन्द्रीय नियामक प्राधिकरण जसलाई बंगलादेश मेडिकल र डेन्टल काउन्सिल भनिन्छ, उनीहरुले तोकेको मापदण्ड पूरा गरेपछि मात्र मान्यता प्रदान गरिन्छ” उनले भने । बंगलादेशमा सन् १९८६ मा सबै मेडिकल कलेजहरु सरकारद्वारा स्थापित गरिएको थियो । त्यसपछि केहि निजी मेडिकल कलेजहरुको स्थापना भयो हो ।

एमबीबीएसका लागि बंगलादेश किन ?
ठूलो जनसंख्याका कारणले विद्यार्थीहरुले पर्याप्त मात्रामा प्रयोगात्मक काम गर्न पाउँछन् । बंगलादेशको मेडिकल शिक्षा भारतीय शिक्षासँग मेल खान्छ । उनले भने, “नेपाल र बंगलादेशको मेडिकल शिक्षामा पाठ्यक्रम, पठनशैली, पठन समय, औषधी, रोगइत्यादि समान प्रकारका छन् ।”
बंगलादेशमा बंगाली भाषासँगै अंग्रेजी, हिन्दी, उर्दु, अरबी भाषाहरु बोलिन्छ । नेपाल मेडिकल काउन्सिल एनएमसीआई स्क्रिनिङ टेष्ट शतप्रतिशतले पास गरेको छ । एनएमसीले नेपाल बाहिर रहेका मेडिकल संस्थाहरुलाई चिकित्सा योग्यताको मान्यता प्रदान गरेको छ ।
बंगलादेशका मेडिकल कलेजहरु रुवान्डा, युगान्डा, तान्जानियाको मेडिकल काउन्सिलबाट मान्यताप्राप्त छन् । बंगलादेशका कैयौं मेडिकल कलेजहरु विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा दर्ता भएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो देशबाट टाढा रहेर पढ्न जाने विद्यार्थीहरुका लागि बंगलादेश एक सुरक्षित स्थान हो । बंगलादेशले एमबीबीएस, बीडीएस जस्ता कोर्सहरु अन्य देशमाभन्दा कम शुल्कमा प्रदान गर्दै आएको छ ।
योग्यता
एमबीबीएस ५ वर्षे कोर्स हो । प्लस टुमा विज्ञान संकाय लिएर अध्ययन गरेको हुनुपर्छ । अहिले बंगलादेशमा गएर एमबीबीएस पढ्न चाहनेले सन् २०१६ पछि प्लस टु उत्तीर्ण गरेको हुनुपर्छ ।
विद्यार्थीको माध्यमिक विद्यालय तह र उच्च माध्यमिक तहको कुल जीपीए ७ हुनुपर्छ । बायोलोजी विषयमा विद्यार्थीले कम्तीमा ६० प्रतिशत ल्याएको हुनुपर्छ । माध्यमिक विद्यालय तहमा पढेका ५ मूख्य विषयको अंकलाई ५ ले भाग गरेर कुल अंक निकालेर गणना गरिन्छ भने उच्च माध्यमिक तहका ३ मुख्य विषय (भौतिक, रसायन र जीव विज्ञान) को अंकलाई गणना गरी आवश्यक जीपीए गणना गरिन्छ ।
भर्ना फारम
बंगलादेशको मेडिकल कलेजले अगष्ट र सेप्टेम्बरको महिनामा भर्ना फारम प्रदान गर्छ । उक्त फारम भर्दा विद्यार्थीले पासपोर्टको प्रतिलिपी बुझाउनुपर्छ । त्यस्तै ६ प्रति पासपोर्ट आकार फोटो ढाकास्थित विदेश मन्त्रालयमा नोभेम्बरभित्र पु¥याउनुपर्ने हुन्छ ।
सम्बन्धित देशको शिक्षा मन्त्रालय र ढाकास्थित ‘बंगलादेश मिसन अब्रोड’ अथवा फरन मिशनद्वारा अधिकृत सबै सर्टिफिकेटहरु विद्यार्थीले पेश गर्नुपर्छ । यी सबै प्राप्त गरेका विद्यार्थीले भर्नाको समय आफ्ना सबै शैक्षिक प्रमाणपत्रको सक्कल पेश गर्नुपर्छ ।

ट्युसन शुल्क
बंगलादेशमा सार्क अन्तर्गतका देशबाट आउने विद्यार्थीले सरकारी कलेज र डेन्टल कलेजमा बंगलादेशका विद्यार्थीको सरह ट्युसन तथा अन्य शुल्क तिर्नुपर्छ । एमसीआईद्वारा मान्यता प्राप्त निजी कलेजमा ५ एक वर्षको ३० हजार देखि ४० हजार अमेरिकी डलर शुल्क लाग्छ भने एमसीआई अन्तर्गत नपर्ने कलेजमा १७ हजार ५०० अमेरिकी डलर शुल्क लाग्छ ।

कसरी गर्ने आवेदन ?
एसएलसीको मार्कसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी, प्लस टु उत्तीर्णको मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, ट्रान्सक्रिप्टको प्रतिलिपी, नागरिकताको प्रतिलिपी र २ प्रति पासपोर्ट साइजको फोटो पेश गरेपछि आवेदनको प्रक्रिया सुरु हुन्छ ।
जीपीए मान्यता सर्टिफिकेटका लागि विद्यार्थीले बंगलादेश दूतावासमा आवेदन फारम र स्वास्थ्य सेवा महानिदेशक, ढाकाको फारम, परीक्षा नियन्त्रण कार्यालाय, शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय, नेपालद्वारा प्रमाणित एसईई (एसएलसी) को मार्कसिट, उच्च माध्यमिक परीक्षा बोर्ड नेपाल, शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा प्रमाणित प्लस टुको ट्रान्सक्रिप्ट, नागरिकताको प्रतिलिपि र १० प्रति पासपोर्ट आकारको फोटो सहित ५० अमेरिकी डलर तिरेको बैंक रसिद बुझाउनुपर्छ ।
विद्यार्थीले योग्यता प्रमाणपत्रका लागि नेपाल मेडिकल काउन्सिलमा फारम भरेर बुझाउनु पर्ने हुन्छ । फारम भर्दा नोटरी सार्वजनिक कार्यालयबाट प्रमाणित शैक्षिक प्रमाणपत्र, कलेजको अफर लेटर, नागरिकता प्रमाणपत्र, ३ प्रति पास्पोर्ट आकार फोटो र एसबिआई अथवा हिमालयन बैंकमा रु एक हजार शुल्क तिरेको बैंक रसिद पेश गर्नुपर्छ ।
शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ र डलर स्विकृतिका लागि विद्यार्थीले फारम भर्नुपर्छ । त्यसका लागि नोटरी सार्वजनिक कार्यालयले प्रमाणित गरेको ट्रान्सक्रिप्ट सर्टिफिकेट, नागरिकताको प्रतिलिपी, नेपाल मेडिकल काउन्सिलले प्रदान गरेको योग्यता प्रमाणपत्रको सक्कल, कलेजको अफर लेटर, ३ प्रति पास्कोर्ट आकारको फोटो र रू २ हजार शिक्षा मन्त्रालयमा पेश गर्नुपर्छ । बैंक ड्राफ्टका लागि विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट, कलेज अफर लेटरको प्रतिलिपि र भिसा लगाइएको पासपोर्टको फोटोकपी पेश गर्नुपर्ने हुन्छ ।
भिसाका लागि विद्यार्थीले बंगलादेश दूतावासमा गई भिसा आवेदन फारम भर्नुपर्ने हुन्छ । दूतावासमा आवेदन गरेको फारमको छाप सहितको प्रतिलिपी, पासपोर्टको प्रतिलिपी, कलेजको अफर लेटरको प्रतिलिपी, बैंक तथा प्रायोजकको पत्र, ३ प्रति पासपोर्ट साइजको फोटो र १५ लाख रुपैयाँ (नगद) बुझाउनुपर्ने हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE