एमबीबीएसको पुनः प्रवेश परीक्षाको केन्द्र प्रकाशित, कलम पनि लैजान नपाइने

प्रकाशित मिति :2017-11-30 06:53:48

चिकित्सा शास्त्र अध्ययन संस्था डीन कार्यालय परीक्षा नियन्त्रण शाखाले एमबीबीएस पुनः प्रवेश परीक्षाको परीक्षाको केन्द्र प्रकाशित गरेको छ । पुनः परीक्षाको मिति मंसिर १६ गतेका लागि तोकिएको छ ।

परीक्षार्थीले परीक्षामा सम्मिलत हुनका लागि प्रवेश पत्रका साथमा अनलाइन आवेदन फारम भर्दा उल्लेख गरेको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा राहदानी वा नाबालक/नाबालिकाको हकमा प्रमाणपत्र वा प्लस टु वा सो सरहरको परीक्षा दिएको प्रवेश पत्र लिइ जानुपर्नेछ ।

परीक्षार्थीले प्रवेश परीक्षामा सहभागीलाई कुनै पनि गरगहना, घडी, इलेक्ट्रिोनिक्स डिभाइस र वालेट समेत बन्देज गरिएको छ । परीक्षा दिन आउँदा कलम लिइ आउन पाइने छैन र परीक्षाका लागि जेलपेन परीक्षा केन्द्रमा नै उपलब्ध गराइने उल्लेख गरिएको छ ।

स्वदेशी विद्यार्थीका लागि विभिन्न ६ वटा केन्द्र र विदेशी विद्यार्थीका लागि एउटा केन्द्र गरी ७ वटा परीक्षा केन्द्र तोकिएको छ । ८ हजार ८ सय २७ परीक्षार्थी रहेको एमबीबीएस प्रवेश परीक्षा बिहान १० बजेदेखि सुरु हुनेछ ।
यस अगाडि गत असोज २८ गते लिइएको परीक्षामा चिट चोरेको पाइएकाले त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो ।

विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्या्दित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE