शिक्षामा नयाँ अभ्यास सुरु गर्नेछु

प्रकाशित मिति :2017-12-01 10:09:59

ऋतुराज सापकोटा
केन्द्रीय अध्यक्ष, एन—प्याब्सन

छैटौं महाधिवेशनबाट एन—प्याब्सनको केन्द्रीय अध्यक्ष हुनु भएको छ । आफ्नो जितलाई कसरी लिनु भएको छ ?
म लामो समयदेखि यस संस्थामा आबद्ध रही आएको छु । मैले यसअघि महासचिवको पदमा २ कार्यकाल पनि पूरा गरिसकेको छु । पहिले नै जुन संस्थाको लागि काम गरेको हो त्यसमा नै जित हासिल गर्नु सामान्य नै लाग्दैछ । किनभने आखिर संस्थाका लागि काम सधैं गरेको छु र गरिरहन्छु । यो कुनै लाभको पद होइन । यहाँ कुनै लोभ गर्ने कारण छैन । अब पहिलाभन्दा जिम्मेवारी झन् बढेको हुनाले काम पनि धेरै गर्ने सोचका साथ अघि बढ्दैछु ।

एन—प्याब्सनको अध्यक्षको हैसियतले निजी विद्यालयको विकासमा तपाईको योजनाहरु के—के छन् ?
निजी शिक्षा क्षेत्रको विकासका लागि सर्व प्रथम बालबालिकाको हकहितका लागि सोच्नुपर्छ । बालबालिका सधैं पहिले हुनुपर्छ । विद्यालयले के गर्दा विद्यार्थीको हित हुन्छ त्यो कामलाई अग्रपंक्तिमा राख्नुपर्छ । विद्यालयको पठनपाठनको कुरामा पनि पहिलाभन्दा धेरै परिवर्तन आएको छ । पहिला शिक्षामात्र आवश्यक थियो भने हाल बालबालिकाको समग्र विकासमा पनि जोड दिइन्छ ।
बालबालिकालाई भविष्यका कर्णधार भनिन्छ । तर हाम्रो कार्यक्रमहरुमा उनीहरुलाई साझेदार बनाउँदैनौं । उनीहले पठनपाठन गर्न पाउने अधिकार लगायत अन्य अधिकार सुनिश्चित गर्ने कुरामा मेरो जोड हुनेछ । विद्यालयलाई बालबालिकाका लागि शान्ति क्षेत्र मानिन्छ । तर देशमा केहि भयो भने सबैभन्दा पहिला विद्यालय नै मर्कामा पर्छ ।
सबैभन्दा पहिला विद्यालय नै बन्द हुन्छन् । विद्यालय कम प्राथमिकतामा परिरहेको छ । यसमा हामी सबै दोषी छौं । यसका साथै एन—प्याब्सनमा हाल २५ सय सदस्य विद्यालय छन् । मैले ती सबै सदस्य विद्यालयवीच को दूरी घटाउने कुरामा जोड दिनेछु । हालै प्रदेश कम्यूनिटी पनि गठन भएको छ । अब जिल्ला, प्रदेश र केन्द्रिय समितिवीचको सम्बन्ध प्रगाढ बनाउने कुरामा जोड दिनेछु ।
साथै बालबालिकालाई अझ विकसित बनाउनका लागि आवश्यक तालिम, कार्यशाला गोष्ठी आयोजना गर्नेछु । यसका लागि शिक्षकहरुलाई प्रदान गरिनुपर्ने तालिम पनि प्रदान गरिनेछ । सरकारले लक्षित समूहका विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने नियम ल्याएको छ । हामी निजी क्षेत्रले विद्यालय तहमा त्यो सुविधा उपलब्ध गराइरहेका छौं तर उच्च शिक्षा हासिल गर्ने बेलामा निजी विद्यालय पढेकै कारणले उनीहरुले सरकारले प्रदान गर्ने छात्रवृत्तिको परीक्षामा पनि सामेल हुन पाउँदैनन् ।
हामीले विद्यालयमा उनीहरुलाई अधिकार प्रदान गर्छौं तर पछि गएर उनीहरुलाई त्यो काम लाग्दैन । यो कुरा सुधार गर्नमा पनि हामी जोड दिनेछौं । यस्तै शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयहरु छन् । सरकारले हामीलाई पनि त्यसतो कार्यक्रमहरुमा सहभागी गराएर लानुपर्छ ।
हामीलाई पनि आफ्नो भनाई राख्ने मौका प्रदान गर्नुपर्छ । सरकारले त्यसमा संस्थागत विद्यालयमध्ये एकलाई मात्र समावेश गर्ने भनेको छ । यसरी कुरा प्रष्ट हुँदैन । यसको साटो छाता संगठनले सिफारिस गरेमध्ये एकलाई समावेश गर्दा सबैको हित हुन्छ । विद्यार्थीलाई शिक्षा प्रदान गर्ने कुरालाई भोलि गर्ने, पर्सी गर्ने भनेर टार्न मिल्दैन ।
जुन समयमा उनीहरुलाई जे आवश्यक छ त्यो प्रदान गरिनुपर्छ । आजकलको विद्यार्थीको स्वाद पनि फेरिएको छ । त्यसैले हामीले त्यसै अनुकुल
पाठ्यक्रमलाई परिवर्तन गर्नु जरुरी छ । शिक्षाको नयाँ अभ्यास संसारभरिनै सुरु भएको छ । त्यसैले हामीले पनि विद्यार्थीलाई कसरी फरक र प्रभावकारी शिक्षा प्रदान गर्न सक्छौं त्यो हेर्नुपर्छ ।

आधुनिक शिक्षामा आधारित पाठ्यक्रम निमार्ण गर्ने विषयमा तपाईको के योजना छ ?
हामी राष्ट्रिय पाठ्यक्रमभन्दा बाहिर जान मिल्दैन । तर विद्यार्थीका लागि अनुकुल र आधुनिक शिक्षा हुनुपर्छ भन्ने कुरामा जोड भने दिन्छौं । आजको आवश्यकता अनुसार पाठ्यक्रम निमार्ण हुनुपर्छ भन्ने हाम्रो धारणालाई सरकारले समावेश गर्नुपर्छ । विभिन्न समयमा प्रदेश अनुसार भिन्न पाठ्यक्रम राखने कुरा पनि आउँछ । कतर यो हुनुभन्दा अघि त्यसले विद्यार्थीलाई भविष्यमा कुनै कार्य गर्नमा रोक लगाउँछ वा लगाउँदैन त्यो हेर्नुपर्छ । स्थानीय र राष्ट्रिय पाठ्यक्रमको मूल्यांकन कसरी गर्ने भन्ने सोच्नुपर्छ । कुनै एक ठाउँमा आवश्यक पर्ने पाठ्यवस्तु अन्यमा त्यति आवश्यक नहुन सक्छ ।

विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्न कस्ता कदम चाल्नुपर्छ ?
कुनै समयमा शिक्षा मात्र आवश्यक थियो भने हाल सार्थक र सीपमूलक शिक्षा महत्वपूर्ण छ । शिक्षासँगै सिप पनि प्रदान गर्नका लागि पाठ्यक्रम पनि त्यस अनुरुप हुनु जरुरी छ । यससँगै दक्षा जनशक्ति पनि आवश्यक छ । शिक्षकको तालिममा ध्यान दिने र उनीहरुको तह बढाउनुपर्छ । शिक्षकहरुलाई समय र परिस्थिती अनुरुप चल्न सिकाउनुपर्छ । हामीले विद्यार्थीलाई शिक्षासँगै सिप पनि दिने कुरालाई नीति निर्माणमा समावेश गरेका छौं । शिक्षामा परियोजना र प्रायोगात्मक पक्षहरु पनि हुनु जरुरी छ ।

 

रकारी तथा निजी विद्यालयका विद्यार्थी भनेर फरक व्यवहार गरिनु हुँदैन । यी सबै हाम्रा देशका बालबालिका हुन् र यिनीहरुको भविष्य उज्वल बनाउनका लागि पढाइरहेका छौं भन्ने सोच्नुपर्छ । प्रतिस्पर्धा  गर्ने अथवा एकअर्काको खुट्टा तान्नेभन्दा पनि शिक्षा क्षेत्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा जोड दिनुपर्छ ।

 

 

निजी क्षेत्रले शिक्षामा व्यापारीकरण गरिरहेको आरोप छ । यसलाई कसरी लिनुभएको छ ?
निजी श्रेत्रको मुख्य आयस्रोत भनेकौ नै विद्यार्थीले तिर्ने शुल्क हो । निजी शिक्षा क्षेत्रले शुल्क लिन्छ र शिक्षा सेवा प्रदान गर्छ । संस्थागत विद्यालयमा बढि श्रम र लगानी हुन्छ । यसतोमा प्रतिफलको आश गर्नु पनि सामान्य नै हो । तर यसको प्रतिफल कति लिन पाउने भन्ने मापदण्ड छैन । राज्यले निजी क्षेत्रको शुल्क महँगो र सस्तो भयो भन्नुभन्दा पनि यति लिन पाउने भन्ने नियम बनाउनुपर्छ । वैज्ञानिक रुपले शुल्क निर्धारण हुनु जरुरी छ । नेपालमा संस्थागत विद्यालयहरुको विकास भिन्न किसिमले भयो ।
विदेशमा सबै सरकारी विद्यालय विकसित छ र त्योभन्दा पनि धेरै सुविधा चाहिने अथवा उच्च आर्थिक स्रोत भएकाले मात्र निजी विद्यालयमा आफ्नो बच्चा भर्ना गर्छन् । तर हाम्रो देशमा हने खानेले मात्र नभएर हुँदा खानेले पनि आफ्ना बच्चा निजी विद्यालय पढाउँछन् । यसले गर्दा पनि शुल्कको बहश चलेको हो । सरकारी विद्यालयमा पढ्ने १ जना विद्यार्थी बराबर राज्यको ढुकुटीबाट १३ सय रुपैयाँ तिरिरहेको हुन्छ भने निजीमा उक्त रकम अभिभावकले तिर्नुपर्छ । यसकारणले पनि सरकारीभन्दा निजी विद्यालयको शुल्क आफैंमा महँगो हुन जान्छ ।

निजी र सामूदायिक दुवै विद्यालयको विकास कसरी गर्न सकिन्छ ?
निजी र सामुदायिक विद्यालयको विकासका लागि एउटै थलोमा राखेर प्रतिनिधित्व गराउनुपर्छ । यसो गर्दा दुवै ोत्रलाई एकसाथ विकास कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । सरकारी र निजी क्षेत्रमा गलत प्रतिस्पर्धा गर्न रोक्नुपर्छ ।
सरकारी तथा निजी विद्यालयका विद्यार्थी भनेर फरक व्यवहार गरिनु हुँदैन । यी सबै हाम्रा देशका बालबालिका हुन् र यीनको भविष्य उज्वल बनाउनका लागि पढाइरहेका छौं भन्ने सोच्नुपर्छ । प्रतिस्पर्धा गर्ने अथवा एकअर्काको खुट्टा तान्ने भन्दा पनि शिक्षा क्षेत्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा जोड दिनुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE