साढे ४ महिनासम्म पनि कक्षा ११ को रिजल्ट आएन, अब चुनावपछि मात्रै

प्रकाशित मिति :2017-12-01 10:54:42

काठमाडौं/कक्षा ११ को परीक्षा सञ्चालन भएको साढे ४ महिना बितिसक्दा समेत राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गर्न सकेको छैन् । जसले गर्दा नतिजा कुरिरहेका विद्यार्थीमा अन्योलता बढेको छ । कक्षा १२ उत्तीर्ण भएर कक्षा ११ को नतिजा कुरिरहेका विद्यार्थीहरु स्नातक तहमा भर्ना हुन सकेका छैनन् ।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न बाहनामा परीक्षा सार्वजनिक मितिलाई पछाडि धकेल्दै आएको छ । परीक्षाको क्रममा स्थानीय तहको निर्वाचनले पटक–पटक सरेको परीक्षाको नतिजा प्रकाशनमा पनि निर्वाचन मुख्य कारण देखाउँदै बोर्डले परीक्षाफल प्रकाशित मिति सार्दै आएको बाहना बनाएको छ ।

सदस्य सचिव लक्ष्मीराम पौडेल बोर्डमा रहँदासम्म मंसिर १५ गते नतिजा प्रकाशित गर्ने गरी बोर्डले तयारी गरेको थियो । तर पौडेल सचिव भएपछि उनले जिम्मेवारी हस्तान्तारण गरेर बाहिरिएका थिए । दुई चरणमा सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका कारण देखाउँदै बोर्डले परीक्षाफल पछाडि धकलेको हो ।

बोर्डकी उप सचिव जयन्ती सत्यालका अनुसार मंसिर १५ गते आंशिकतर्फको परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको थियो । तर निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नतिजा प्रकाशनको कामलाई थाँती राखिएको थियो । उनका अनुसार मंसिर २१ गतेको दोस्रो चरणको निर्वाचनपछि परीक्षाफल प्रकाशनको कामलाई अगाडि बढाइने छ ।

परीक्षाको नियमन अनुसार परीक्षा सम्पन्न भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशित गरिसक्नुपर्छ । तर अहिले साढे एक महिना बढी समय भइसकेको छ । यस्तो अवस्थामा विद्यार्थीहरु अन्योलमा छन् । तर विद्यार्थीको अन्योलतालाई बोर्डल जिम्मवार ढंगले नलिएको देखिन्छ ।

बोर्डका अनुसार कक्षा ११ को परीक्षाफल मंसिरको अन्तिम साता अगाडि प्रकाशित हुँदैन् ।

बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४८ हजार ६० र आंशिक तर्फ १ लाख ९९४ गरी मुलुकभरबाट ४ लाख ४९ हजार ५४ जनाले परीक्षा दिएका छन् ।। जसमा छात्रको संख्या २ लाख ११ हजार ८२२ र छात्राको संख्या २ लाख ३७ हजार ७९२ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE