बन्धुकधारीको आक्रमणमा परी पाकिस्तानमा १३ विद्यार्थीको मृत्यु

प्रकाशित मिति :2017-12-01 11:38:52

काठमाडौं/बन्दुकधारीले पाकिस्तानको पेशेवारस्थित एक कलेजमा आक्रमण गर्दा कम्तीमा १३ जना ज्यान गुमाएका छन् । आक्रमणमा परी ३६ जना घाइते भएका छन् । बुर्खा लगाएर रिक्सामा आएका तीन जना अपरिचित व्यक्तिले पेशेवरस्थित कृषि तालिम इन्स्टिच्युटमा शुक्रबार बिहान आक्रमण गरेका थिए ।
आक्रमणकारी तीन जना मारिएका छन् । आक्रमण भएका २ घण्टामा आर्मी र प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।
आक्रमणमा परी घाइते भएका विद्यार्थी अस्ताख उल हकले रोयटर्सलाई लिएको जानकारी अनुसार ४ सयमध्ये १२० जना छात्र थिए । अरु विद्यार्थीहरु इदको बिदामा घर गएका थिए । “हामीहरु सुतिरहेको समयमा आक्रमण भयो र हामीअरु आक्रमण हुने वित्तिकै भाग्यौ” ती विद्यार्थीले भने । आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । ढोकाहरु फोडेर एक एक गर्दै गोली चलाएका थिए ।
यस अगाडि सन् २०१४ मा तालिबान चरमपन्थीले पेशावरको एक आर्मी स्कुलमा आक्रण गर्दा १४१ जनाले ज्यान गुमाएका थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामूदायिक विद्यालयमा सीसीटीभीको जडान

झापा/झापाकाे मेचीनगर– १३ स्थित इँटाभट्टाको सामूदायिक विद्यालयमा करिब दुई लाख खर्च गरी ९ थान सीसी

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE