एमबीबीएसको पुन: प्रवेश परीक्षा आज

प्रकाशित मिति :2017-12-02 04:26:57

काठमाडौं/चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएस पुनः प्रवेश परीक्षा आज लिँदैछ । बिहान १० बजेदेखि सुरु हुने प्रवेश परीक्षाका लागि विभिन्न ७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
यस अगाडि गत असोज २८ गते लिइएको परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्द गरिएको थियो ।
डिभाइसबाट चिट चोरेको जानकारी पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो । जसमा प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यसका आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो ।
विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो ।
उक्त परीक्षामा ७ मेडिकल कलेजका ६२५ सिटका लागि ८ हजार ८ सय २७ जनाले परीक्षा दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सीसीएसकाे स्कुल बस दुर्घटना हुँदा ५९ विद्यार्थी घाइते

काठमाडौं/४ साउन– काठमाडौंको मूलपानीमा रहेको क्रिश्चियन कम्युनिटी (सीसीएस) विद्यालयको स्कुल बस दुर्घटना हुँदा ५९ जना

बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं/४ साउन–काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा बिहिबार कतार च्यारिटीले शैक्षिक सामाग्री वितरण गरेको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE