जुम्लाका शिक्षकले दोस्रो किस्ताको तलब पाएनन

प्रकाशित मिति :2018-01-10 07:44:50

जुम्ला/जुम्लाका सरकारी विद्यालयका शिक्षकले चौथो महिनामा पाउने तलबको दोस्रो किस्ता नपाउँदा मर्कामा परेका छन् । चार महिनाको तलब अन्तर्गत दोस्रो किस्ता गत मंसिर महिनामा पाउनुपर्ने भएपनि तर अहिलेसम्म पाएका छैनन् ।
“तलब नपाउँदा घरखर्च चलाउन निकै गाह्रो भएको छ, साथै काममा पनि पैसाका कारण हुन सकेका छैनन” कोइलीचरी निम्नमाध्यामिक विद्यालय लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताए ।
जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठका अनुसार जिल्लाका ८ वटै तहमा यो समस्या छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा शिक्षकको तथ्यांक अपडेट नहुँदा यो समस्या आएको हो । अधिकारीका अनुसार आगामी वर्षदेखि शिक्षकलाई नियमित रुपमा तलब दिने गरी योजना बनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

ट्रकको ठक्करबाट २ वर्षिय बालिकाको मृत्यु

काठमाडौं / ४ माघ— धादिङको धुनिबेशी नगरपालिका–५ मा बा २ ख ८९३५ नम्बरको ट्रकको ठक्कर

सरकारद्वारा डा. केसीसँगको सहमति अनुमोदन

काठमाडौं / ४ माघ— सरकारले डा. केसीसँगको सहमति अनुमोदन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE