दरबार हाइस्कुल परम्परागत ढाँचा मै बन्ने

प्रकाशित मिति :2018-01-11 10:11:52


काठमाडौं/भूकम्पले ध्वस्त बनाएको दरबार हाइस्कुल परम्परागत ढाँचा मै निमार्ण हुने भएको छ । चिनियाँ सरकारले तयार गरेको चारतल्ले डिजाइन परिवर्तन गरेर पुरानै शौलीमा निमार्ण गर्न राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले निर्देशन दिएको छ ।
बुधबार बसेको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको बैठकले विद्यालय भवनको भित्री संरचना अपांगमैत्री हुने भएको छ । पुनर्निमार्ण क्रममा अत्याधुनिक कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपद्का बेलामा उद्घार गर्न सकिने गरी बनाउने निमार्ण गरेको छ ।
भूकम्पले ४६ कोठे विद्यालय ध्वस्त भएपछि विद्यार्थीहरु १६ कोठे अस्थायी टहरामा पढ्न बाध्य छन् । दरबार हाइस्कुलभित्र दुई वटा विद्यालय छन् । भानु मावी र सस्कृत मावीमा गरी करीब ३ सय विद्यार्थी अध्ययनरत छन् ।
भूकम्पबाट तहसनहस भएको विद्यालयको लाइब्रेरी, विज्ञान प्रयोगशाला, कम्प्यूटर कक्षाकोठा अहिले प्रयोगमा छैनन् । भानू मावीका शिक्षक अखिलेश आजातका अनुसार अहिले ती सम्पूर्ण सामग्री अस्थायी टहरामा थन्काइएको छ ।
दरबार हाइस्कुल ठूलो संरचनामा बनाउनु पर्दा परम्परागत सामग्री संकलन गर्न कठिन हुन्छ । परम्परागत ढाँचामा आधुनिक प्रविधिको प्रयोग गरी पुनर्निमार्ण गर्ने सहमति भएको प्राधिकरणका प्रमुख कार्यकारी युवराज भुसालले जानकारी दिए ।
मंसिरको अन्तिम साता मै काम सुरु गर्ने भने पनि चीनले बनाएको डिजाइन नेपाली मौलिकता अनुसार नभएको भन्दै डिजाइन परिवर्तन गरिएको हो ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE