ओखलढुंगाको विद्यालयमा ई–लाइब्रेरी सञ्चालनमा

प्रकाशित मिति :2018-01-12 11:25:00

ओखलढुंगा÷ओखलढुंगाको सिद्घिचरण नगरपालिका १२ स्थित सगरमाथा जनता माध्यमिक विद्यालयले ईलेक्ट्रोनिक पाठशाला (ई–लाईब्रेरी) सञ्चालनमा ल्याएको छ । प्रविधिमैत्री शिक्षाका लागि यो विद्यालय जिल्लाकै पहिलो विद्यालय हो ।

३ लाख ७५ हजारको लगानीमा १२ वटा कम्प्युटर सहित ई–लाईब्रेरी स्थापना गरिएको छ । नेपाल लाइबे्ररी फाउन्डेशनको प्राविधिक सहयोगमा ई–लाइबे्ररीको व्यवस्था होमबहादुर तथा पे्रम कुमारी ट्रष्टले गरेको हो । विद्यालयमा डिजिटल प्रविधिबाट पठनपाठन शुरु गर्न ई– लाइबे्ररीको स्थापना गरिएको ट्रष्टका महासतिव रामविणय श्रेष्ठले बताए ।

अफलाइन प्रविधिको ई– लाइबे्ररीमा १० हजारका हाराहारीमा पुस्तकहरु रहेका छन् । विद्यार्थी र शिक्षकहरुका लागि सिकाइमूलक विभिन्न श्रव्यदृश्य भिडियोहरु पनि छन् ।

नेपाल लाइबे्ररी फाउन्डेशनका प्राविधिक इन्जिनियर बसन्त थापा भन्छन्, “विद्यार्थी र शिक्षकहरुले प्रविधिका माध्यमबाट आफूलाई आवश्यक पर्ने शौक्षिक सामग्रीहरु पढ्न सक्छन् ।”

विद्यालयका प्रधानाध्यपक सुमनराज भन्डारीका अनुसार डिजिटल माध्यमबाट पठनपाठन हुने भएपछि विद्यार्थीहरुको सिकाइ उपलब्धी र शिक्षकहरुको व्यवहारमा समेत परिवर्तन आउने छ । अडियो भिडियो सहितको ई–लाइबे्ररी स्थापना भएसँगै विद्यालयका विद्यार्थी र शिक्षकहरुमा खुशीयाली छाएको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE