अख्तियार र प्याब्सनको अग्रसरतामा वक्तृत्वकला तथा कविता प्रतियोगिता हुँदै

प्रकाशित मिति :2018-01-12 11:42:25

काठमाडौं / २८ पुस— अख्तिायार दरुपयोग अनुसन्धान आयोगले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकला तथा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल र आयोगको पहलमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विद्यार्थीले ‘भ्रष्टाचार नियन्त्रण र सुशासन : राष्ट्र निर्माणको महाअभियान’ रहेको छ । विद्यार्थीले १५ मिनेटमा तर्क राख्नुपर्ने छ । त्यस्तै कविताका लागि भने ‘सुशासन प्रवद्धन’सँग सम्बन्धित कुनैपनि विषय छनोट गर्न सक्नेछन् ।

प्रतियोगितामा उच्च माध्यमिक वा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीले भाग लिन सक्नेछन् । इच्छुकले कविता वा वक्तृत्वकलामा बोल्ने विषयवस्तुको ढाँचा नेपालीमा तयार पारी लिखित अथवा सफ्ट कपी काठमाडौंको टंगालस्थित आयोगको अफिस अथवा आयोगको ईमेलमा पठाउनुपर्नेछ । आगामी माघ ६ गतेभित्र पुग्नेगरि पठाउनुपर्ने आयोगको सुचनामा उल्लेख गरिएको छ ।

आयोगले प्रतियोगिले बोल्ने विषयवस्तु र कविताको गहनता अनुसार पहिलो चरणमा १०/१० जना चयन गरी ईमेल पठाउने र छनोट भएकामध्ये काठमाडौं बाहिरका प्रतियोगिलाई आउन जान बस भाडासमेत उपलब्ध गराउने आयोगले सूचनामा जनाएको छ ।

आयोगले प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार राशी तोकेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

गोली प्रहारबाट एकजना शिक्षकको मृत्यु

काठमाडौं/४ असोज– सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षकको गाली हानि हत्या गरिएको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE