एमए दोस्रो वर्षमा भर्ना खुल्यो

प्रकाशित मिति :2018-01-16 10:39:26

काठमाडौं / २ माघ— त्रिभुवन विश्वविद्यालय केन्द्रीय लिंग्विस्टिक विभागले लिंग्विस्टिकतर्फको मास्टर्स अफ आर्टस (एमए) मा भर्ना खुलाएको छ ।
त्रिविले यहि माघ २ गतेदेखि फारम उपलब्ध गराउने जनाएको छ ।
यो कोर्स पढ्नका लागि विद्यार्थीले कुनैपनि संकायबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । कोर्समा कम्प्यूटर आधारित शिक्षा प्रदान गरिने त्रिविले उल्लेख गरेको छ ।
कोर्सपछि विद्यार्थीले अघिको पढाईका लागि विभिन्न विदेशी विश्वविद्यालयमा जाने मौका पनि प्राप्त गर्न सक्ने छन् । यसका साथै विद्यार्थीले थप पढाई, समर स्कुल, सेमिनार र वर्कसपहरुका लागि पनि सहयोग प्राप्त गर्न सक्छन् ।
विद्यार्थीले भाषात्मक सर्वेक्षण, भाषा सम्बन्धित प्रोेजेक्ट, रिसर्च र एनजीओ र आईएनजिओमा काम गर्ने मौका पनि प्राप्त गर्न सक्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या

काठमाडौं / १० फागुन— फागुन २ गतेदेखि हिमाली जिल्ला मनाङमा नयाँ शैक्षिक सत्र सुरु भएको

बाराको विद्यालयलाई एनआरएनए आरसीसी अलकासीमद्वारा सहयोग

काठमाडौं / १० फागुन— गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासीम साउदी अरबले बारा जिल्लाको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE