कुमुदिनी होम्समा अन्तर विद्यालय हाजिरीजवाफ - EDUCATION NEWS NEPAL

अपडेट

Friday, February 20, 2026

कुमुदिनी होम्समा अन्तर विद्यालय हाजिरीजवाफ

 


पोखरा, फागुन ८ गते । पोखरा महानगपालिका वडा नं. ४ स्थित  कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार शुक्रवार अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न  गरेको छ । 

हरेक वर्ष विद्यालयले वार्षिक कार्यतालिकामा नै समावेश गरेर विद्यार्थीहरूमा सामान्य ज्ञानको दायरा फराकिलो होस् र विद्यालय र विद्यार्थीहरू बिचमा आपसी भाइचाराको सम्बन्ध बढोस्  भन्ने मूल उद्देश्य राखेर पोखरामा रहेका विभिन्न विद्यालयहरूबिच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ । चौथो संस्करणको प्रतियोगितामा न्यु मोडेल माध्यमिक विद्यालयका एन्जी पोख्रेल, प्रमिशा के. सी. र आयुष पोख्रेलको समूह प्रथम भई नगद पन्ध्र हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ग्लोबल कलिजियट स्कुलका आर्या हमाल, प्रणव मोहन भट्टाराई र अपेक्षा पोख्रेलको समूहले द्वितीय स्थान हासिल गरी नगद दश हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने शिशु निकेतन माध्यमिक विद्यालयका प्रशान्त ढुङ्गाना, सम्बोध ढक्वा र आयुष्मा पौडेलको समूह तृतीय भएर नगद पाँच हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै  आयोजक कुमदिनी होम्सका सक्षम गैह्रे, रिवाज लामिछाने र एन्जिला गुरुङको समूहले चौँथो स्थान हासिल गरी  नगद तीन हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रम संयोजक अभिषेक विश्वकर्मा क्वीज मास्टर  रहेका कार्यक्रममा शिक्षकहरू सन्तोष ढकाल र भुवन गुरुङको प्राविधिक संयोजन रहेको थियो । पुरस्कार वितरण समारोह विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दीपेन्द्र थापा मगरको अध्यक्षता सम्पन्न सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक सुरेन्द्र सदिच्छाले गरेका थिए ।