सन्दर्भ, नेपाल गणित समाजको ! - EDUCATION NEWS NEPAL

अपडेट

Wednesday, January 29, 2025

सन्दर्भ, नेपाल गणित समाजको !

 


काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

...........

एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैनढुङ्गाको तहतह हुनुपर्छ

एउटै पोखरीको कुनै ताल हुँदैनथुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउँले सागर थाम्न खोजेर–थामिन सक्दैन सागर
बर्खे भेलको सानो चपेटले–मेट्न खोजेर मेटिन्न बगर
पहाड मधेस थुम्काथुम्को र उकाली ओरालीको देश
कसैको पेवा होइनकसैले ठेक्का लिएर पनि हुने हैन,
मुहान जो बग्नुपर्छजम्नु यसको कुनै अर्थ हुँदैन ।

............
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

विराटनगर निवासी कवि कृष्णभूषण बलको काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन शीर्षकको यो कवितांश धेरै अर्थले महत्त्व राख्दछ र जहिले, जहाँ जुनसुकै सन्दर्भमा पनि मेल खान्छ ।   

नेपाल गणित समाजले यही माघ १९ गते शनिवार किर्तिपूरमा आफ्नो साधारण सभा तथा वार्षिक अधिवेशन आव्हान गरेसंगै हरेक दिन जस्तो नयाँ कार्यसमितिको विभिन्न पद तथा सदस्यहरूका लागि आकाङ्क्षा व्यक्त गर्ने साथीहरूको संख्या बढ्दो छ । त्यही अनुपातमा सम्पर्कमा छन् साथीहरू । सायद किर्तिपूर र काठमाडौं आसपास अझ बढ्ता चासो र चर्चा होला जब कि त्यसको छर्रा बेलाबेला २०० किमी परको सहरसम्म आइपुग्छ ।  

मुलुकको सबै प्रदेशमा नेपाल गणित समाजका प्रदेश कमिटीहरू छन् । मुलुकभित्र र बाहिरका प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूमा कार्यरत प्रतिष्ठित प्राध्यापकहरू समेत गरी झन्डै १२/१३ सयको हाराहारीमा आजीवन सदस्यहरू छन् । केन्द्रीय कार्यसमिति र प्रदेश कमिटिका कार्यक्रम तथा गतिविधिहरू प्रसस्त भएका छन् । समाजको गतिशिलताप्रभावकारिता र जीवन्तताका लागि यी र यस्ता गतिविधिहरूमा प्रत्यक्ष सहभागी हुन अथवा उक्त समूहको नेतृत्व गर्ने आकाङ्क्षाहरू राखेर सदस्यहरू जागरुक हुनु आफैमा एक महत्त्वपूर्ण घटना हो । पहिले पहिले नेतृत्वका लागि वा समितिमा बस्नका लागि अनुरोध गर्नु पर्ने अवस्था थियो भन्नुहुन्छ अग्रज गुरुहरू । तर अहिले त्यस्तो छैन । गणितलाई प्रेम गर्ने सबैका लागि यो खुसीको कुरा हो ।

गणित समाजनेपालभित्रका प्राय: विश्वविद्यालयसम्पूर्ण प्रदेश र मुलुक बाहिरका विभिन्न विश्वविद्यालयहरूमा फैलिएको छ । यसको आयाम सबै भूगोलविश्वविद्यालय र समुदायका गणितज्ञहरूको अपनत्व स्थापित हुने गरी विस्तारित हुनुपर्छ भन्ने मान्यतामा म अहिले पनि अडिग छु ।

गणित केन्द्रीय विभाग नेपाली गणितको केन्द्र हो । नेपाल गणित समाजका हालका अधिकांश आजीवन सदस्यहरू उक्त विभागका पूर्वविद्यार्थीहरू छन् । गणित अध्ययनअध्यापनअनुसन्धान तथा अन्य प्राज्ञिक कर्महरूको मूल घर उक्त विभाग नै हो । त्यहीं कार्यरत भएकै आधारमा बढीभन्दा बढी गतिविधिहरूमा संलग्न हुने, धेरै सदस्यहरूसँग सम्पर्क, परिचित तथा लोकप्रिय हुने अवसर पनि प्राप्त हुन्छ । सायद त्यही अनुरूपका चुनौतीहरू पनि छन्  । धेरैजसो कार्यसमितिहरू त्यहींका अग्रज गुरुहरूको नेतृत्वमा निर्माण भैरहेका छन् । यो स्वभाविक पनि छ तर पनि गणित समाज, नेपालभित्रका प्राय: विश्वविद्यालयसम्पूर्ण प्रदेश र मुलुक बाहिरका विभिन्न विश्वविद्यालयहरूमा फैलिएको छ । यसको आयाम सबै भूगोलविश्वविद्यालय र समुदायका गणितज्ञहरूको अपनत्व स्थापित हुने गरी विस्तारित हुनुपर्छ भन्ने मान्यतामा म अहिले पनि अडिग छु ।

प्राज्ञिकसामाजिकसाहित्यिक तथा सांस्कृतिक महत्ताका विभिन्न संघसंस्थाहरूमा थोर बहुत संलग्न रहेको नाताले मलाई लाग्छहाम्रो जस्तो  प्राज्ञिक संस्थामा सहज र सरलरेखिय शैलीमा आकाङ्क्षीहरूकै बिचमा नेतृत्व विकास तथा हस्तान्तरण हुँदा संस्था सधैँ विजयी हुन्छ । योग्य र इमानदार अग्रजलाई समेत सम्मान गर्ने शैली र परिपाटी हामीले पनि नमान्ने वा नबसाल्ने हो भने अरूले हामीबाट के सिक्ने ? समयले के सिक्ला ? हामीलाई अरूले किन र केका आधारमा अग्रज मान्ने ? अलिक गम्भीर भएर सोच्न आवश्यक छ । यौटै हिउँदले जाडो बितिहाल्ने पनि त होइन ! लोकतान्त्रिक विचार र जीवन पद्दतिलाई रुचाउने भएकैले पनि यसको नेतृत्व लोकतान्त्रिक विधि र प्रक्रियाबाट हुनु धेरै अर्थले सुन्दर र युक्तिसङ्गत ठहर्छ । र पनिकतिपय सन्दर्भमा संघसंस्थाहरूमा आकांक्षाको टकरावले व्यक्ति विजयी हुने तर कालान्तरमा संस्था हार्ने पनि सम्भावना रहन्छ ।

पोखरामा रहेर गत कार्यकालभरि समाजका गतिविधिहरूमा आफूले निर्वाह गरेको जिम्मेवारी र सोका लागि खर्चिएको समयश्रम र लगानीभन्दा अधिक ज्ञानअग्रजहरूको आशीर्वाद र साथीहरूको अनन्त प्यार तथा साथआफूले हासिल गरेको महसुस मलाई भएको छ । यस पटक, आफ्नै विभिन्न कारणले म नयाँ कार्यसमितिमा नरहने सोचमा छु र त्यो दौडदेखि टाढा छु तर गणित समाज र समुदायदेखि कहिल्यै टाढा छैन । तसर्थआसन्न   साधारण सभामा सकभर सहमतिमा नभए पनि अत्यन्त हार्दिकताका साथ संस्था नहार्ने तवरले नेतृत्व चयन गर्न, गराउन र सोही अनुरूपको हार्दिकता संगालेर नेतृत्वको आकांक्षा राख्नु हुन सम्पूर्ण अग्रज, छिमल तथा अनुज मित्रहरूमा अनुरोध गर्दछु । सम्पूर्ण साथीहरूमा हार्दिक शुभकामना । नेपाल गणित समाज र समस्त गणित प्रेमी समुदायको जय होस् ।

-      ईश्वरमणि अधिकारी

सह-सचिवनेपाल गणित समाज

सहप्राध्यापक/विभागीय प्रमुख

गणित विभागपृथ्वीनारायण क्याम्पस, पोखरा 

 

No comments:

Post a Comment