नेपाल शिक्षक महासङ्घ र सरकारबिच भएको सहमतिमा के के छन् ? - EDUCATION NEWS NEPAL

अपडेट

Wednesday, April 30, 2025

नेपाल शिक्षक महासङ्घ र सरकारबिच भएको सहमतिमा के के छन् ?


 

नेपाल शिक्षक महासङ्घ र सरकारबिच भएको सहमतिमा के के छन् ?

१.    शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने

२.    अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकास भएका बखतमा एकमुष्ट प्राप्त गर्ने

३.    प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने

४.    आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामतीसरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने

५.    स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी करार, साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने

६.    सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने

७.    नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने

८.    नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने

९.    निम्न माध्यमिक तह, प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक तह, द्वितीय श्रेणीका शिक्षकसरह हुने गरी कायम गर्ने

 

सहमति मितिः २०८२ वैशाख १७ गते बुधवार

 

No comments:

Post a Comment