कुमुदिनी होम्समा नि:शुल्क होटल तालिम सुरु

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजदेखि नि:शुल्क एक हप्ते होटल तालिम सुरु भएको छ ।

एस्.ई.ई. दिएर बसेका होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको कुरा संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरू पर्वत , स्याङ्जा , तनहुँ र गोर्खा जिल्लाका जम्मा ६१ जना विद्यार्थीहरू तालिममा सहभागी भएका छन् । तालिम अवधिभरि विद्यार्थीहरूले कुकिङ एण्ड बेकिङ , बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभ्रेज सर्भिस लगायतका विभिन्न विषयमा आधारित भएर तालिम सञ्चालन गरिएको कुरा व्यवस्थापन संकाय संयोजक विकाश ढुङ्गानाले जानकारी दिनुभयो ।तालिममा होटल म्यानेजमेन्ट शिक्षकहरू सन्दिप थापा , शिवराज काफ्ले र फुड प्रोडक्सन इन्सटक्टर अरुण मानन्धरले  सहजीकरण गर्ने कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए । 

Post a Comment

Previous Post Next Post