कुमदिनी होम्समा सरस्वती पूजा र आरती - EDUCATION NEWS NEPAL

अपडेट

Friday, January 23, 2026

कुमदिनी होम्समा सरस्वती पूजा र आरती

पोखरा, माघ ९ गते । पोखरा-४ मा गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा श्रीपञ्चमीका अवसरमा सरस्वती पूजा र आरती सम्पन्न भएको छ ।

विगतमा जस्तै यसपालि पनि फेवाताल बाराही घाटका आरती टोलीका पण्डितहरू निगम उपाध्याय, परागत तिमिल्सिना, अर्जुन पौडेल र सहदेव न्यौपानेको टोलीले आरती प्रस्तुत गरेका थिए । विद्यार्थी तथा अभिभावकहरूको बाक्लो सहभागिता रहेको पूजामा तथा आरतीमा मन्टेश्वरीका विद्यार्थीहरूले सरस्वती मन्त्रोच्चारण गरेका गरेका थिए भने कक्षा ९ का विद्यार्थीहरू आभना विश्वकर्मा र एन्जिला गुरुङले सरस्वतीको महिमाका बारेमा कविता वाचन समेत गरेका थिए । त्यस्तै सरस्वती वन्दनामा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । अक्षरारम्भका लागि शुभ मानिने भएकाले पनि यस अवधिमा करिब २५ भन्दा बढी बालबालिकाहरू अक्षरारम्भ कार्यक्रममा सहभागी भएको मन्टेश्वरी इन्चार्ज अमृता आलेले जानकारी दिइन् ।