पोखरा, माघ १९ गते । गीतकार डा. रमिल अधिकारीले पोखरा-२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
गीतकार
प्रतिष्ठान, नेपालको समन्वयमा डा. अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको
अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ
प्रदान गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना
खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा.
अधिकारीले बताए । डा. अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य
गर्दै आएका छन् ।
गीतकार
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता
पवित्र कार्यमा सहयोग गर्नु प्रभावकारी हुने बताए । अनावश्यक तडकभडकलाई त्यागेर
रचनात्मक कार्य गर्नेतर्फ लाग्ने संस्कार स्थापित गर्नेतर्फ प्रतिष्ठान लागिरहेको
अधिकारीले बताए ।
कार्यक्रममा
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरिएको थियो ।
प्रधानाध्यापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा
मादी भगवती ल फर्मका सञ्चालक बुद्धिप्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समिति
शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन
शिक्षक ऋषिराम रानाभाटले गरेका थिए ।
