पोखरा । जनप्रकाश माध्यमिक विद्यालय पोखरा -२९, भण्डारढिकमा बुधवार विद्यार्थी-अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा
नं. २९को आर्थिक सहयोगमा भण्डारढिकस्थित
जनप्रकाश माध्यमिक विद्यालयको आयोजनामा २ दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ रहेका
थिए । उनले विद्यार्थी सिकाइमा घर, परिवार र
अभिभावक पहिलो शिक्षक बन्ने धारणा राखे ।
शिक्षक अभिभावक सङ्घका
अध्यक्ष नारायण काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा आठ र दशका विद्यार्थीका
२०० जना अभिभावकहरू तथा विद्यालयका ५१ जना शिक्षक, विद्यालय
नर्स र कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्य पुष्टि गर्दै विद्यालयका
प्रधानाध्यापक शेखरनाथ शर्माले यस्ता खालको तालिमबाट विद्यार्थी तथा अभिभावकको
सिकाइ व्यवहार सहजीकरणमा विशेष टेवा पुग्ने विचार राखे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गोपीराज अधिकारी र दश जोड दुईका इन्चार्ज मनोज पौडेलले दिगो सिकाइ प्रभावकरितामा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए । उक्त कार्यक्रमको संयोजक शिक्षक बाबुराम न्यौपानेले गरेका थिए । उक्त कार्यक्रम सञ्चालन अङ्ग्रेजी माध्यमका संयोजक शिक्षक सालिकराम सुवेदीले गरेका थिए । कार्यक्रममा रविकिरणले सहजीकरण गरेका थिए ।
तस्बिरः धर्मेश जयसवाल


