पोखरा, जेठ ९ गते । नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालको आयोजनामा शनिवार आधारभूत तह (१-५) मा नेपाली विषयमा निरन्तर मूल्याङ्कन पद्धतिसम्बन्धी प्रबोधीकरण गोष्ठी सम्पन्न भएको छ ।
पाठ्यक्रम विकास
केन्द्रका पाठ्यक्रम अधिकृत एवम् नेपाली विषयविज्ञ इन्दु खनालले सहजीकरण गर्दै
निरन्तर मूल्याङ्कनको अवधारणा बताई शिक्षकहरूलाई अब कक्षामा कसरी प्रस्तुत हुने भन्ने
बताइन् । प्रमुख अतिथिका रूपमा बोल्दै शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका
प्रमुख लोकनाथ आचार्यले राज्यले गर्ने दायित्व परिषद्ले गरेकामा परिषद्प्रति
धन्यवाद व्यक्त गर्दै अबका शिक्षक हरेक कुरामा अब्बल हुनुपर्नेमा जोड दिए ।
करिब २०० जना सहभागी
रहेको उक्त कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार माधवशरण
उपाध्याय , प्याब्सन, कास्कीका उपाध्यक्ष श्रीकृष्ण
अधिकारी, परिषद्का उपाध्यक्ष विक्रम पौडेललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन
महासचिव शिवहरि सुवेदीले गरेका थिए ।
