educationnewsnepal.com पोखराबाट सञ्चालित शैक्षिक समाचार तथा सामग्रीकेन्द्रित डिजिटल प्लेटफर्म हो, जसले शिक्षा, शैक्षिक नीति, शिक्षक, पाठ्यक्रम, प्रविधि तथा समसामयिक विषयमा सामग्री प्रकाशन गर्ने गर्दछ ।
एजुकेसन न्युज नेपाल शिक्षा क्षेत्रसँग सम्बन्धित समाचार, सूचना, विश्लेषण
तथा शैक्षिक सामग्री प्रकाशन गर्ने विश्वसनीय डिजिटल प्लेटफर्म हो । यो विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय, शैक्षिक
संस्था तथा शिक्षा क्षेत्रमा रुचि राख्ने सम्पूर्ण पाठकलाई समयसापेक्ष, तथ्यपरक र उपयोगी सामग्री उपलब्ध गराउने उद्देश्यका साथ
सञ्चालित शैक्षिक ब्लग हो ।
हाम्रो
प्राथमिकता शिक्षा क्षेत्रका ताजा समाचार, सरकारी नीति तथा निर्णय, पाठ्यक्रम, परीक्षा, नतिजा, शिक्षकसम्बन्धी
सूचना,
शैक्षिक तालिम, अनुसन्धान, प्रविधिमा
आधारित शिक्षण सिकाइ, कृत्रिम
बुद्धिमत्ता (AI) सम्बन्धी
सामग्री तथा शिक्षामा नवीन अभ्यासहरूलाई सरल र विश्वसनीय रूपमा प्रस्तुत गर्नु हो ।
हामी
समाचार प्रकाशनमा सत्यता, निष्पक्षता, विश्वसनीयता र व्यावसायिक पत्रकारिताका मूल्य/मान्यतालाई
उच्च प्राथमिकता दिने गर्दछौँ । प्रत्येक सामग्रीलाई यथासम्भव आधिकारिक स्रोतबाट
पुष्टि गरी पाठकमाझ प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ ।
Education News
Nepal केवल
समाचार पोर्टल मात्र नभई शिक्षक, विद्यार्थी
र शैक्षिक समुदायका लागि ज्ञान, सूचना
र नवप्रवर्तन आदानप्रदान गर्ने साझा मञ्च बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
डिजिटल युगअनुसार शिक्षामा प्रविधिको प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्दै
गुणस्तरीय शैक्षिक सामग्री उत्पादन र प्रसारणमा हामी निरन्तर प्रतिबद्ध छौँ ।
हाम्रा उद्देश्यहरू
- शिक्षा
क्षेत्रका विश्वसनीय र ताजा समाचार सम्प्रेषण गर्नु
- विद्यार्थी,
शिक्षक र अभिभावकलाई उपयोगी
शैक्षिक सामग्री उपलब्ध गराउनु
- शिक्षामा सूचना
प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगबारे ज्ञान तथा सिप प्रदान गर्नु
- शैक्षिक नीति,
अनुसन्धान र नवप्रवर्तनलाई
प्रोत्साहन गर्नु
- विभिन्न शैक्षिक संस्था, शैक्षिक गतिविधि तथा शैक्षिक नीति/नियम तथा सूचना सम्प्रेषण गर्नु
हाम्रो यस वेबसाइटमा तपाईंले मुख्य रूपमा
निम्न विषयवस्तुहरू प्राप्त गर्न सक्नुहुने छ:
- शैक्षिक
सामग्रीहरू: शिक्षक र विद्यार्थीहरूको सहजताका लागि पाठ्यक्रम,
पाठ्यपुस्तक,
शिक्षक निर्देशिका,
विशिष्टीकरण तालिका,
र स्वाध्ययन सामग्रीहरू
- विविध समाचार
तथा लेख: कला/साहित्य, खेलकुद, प्रविधि, आर्थिक, राजनीति, संस्कृति, स्वास्थ्य, मनोरञ्जन र पर्यटन जस्ता बहुआयामिक क्षेत्रका समाचार,
लेख,
र रचनाहरू
- सूचना र
नीति/नियम: शिक्षा क्षेत्रसँग सम्बन्धित नयाँ नीति/नियम,
परीक्षाका समयतालिका,
नतिजा
र महत्त्वपूर्ण सूचनाहरू
- डाउनलोड सुविधा:
शिक्षक कार्यसम्पादन मूल्याङ्कन
(कासमू) फाराम, शिक्षा नियमावली, निर्देशिका र अन्य आवश्यक डकुमेन्टहरूका पिडिएफ (PDF)
तथा वर्ड (Word)
फाइलहरू
- यसका साथै
वेबसाइटले समाचार तथा जानकारीहरूलाई थप प्रभावकारी बनाउन फोटो र भिडियो
सामग्रीहरू पनि प्रस्तुत गर्दै आइरहेको छ । 'एजुकेसन न्युज नेपाल' सम्पूर्ण शिक्षक, विद्यार्थी, र पाठकहरूलाई एउटै प्लेटफर्मबाट आवश्यक सूचना र
शैक्षिक सामग्री उपलब्ध गराउन समर्पित छ ।
