नेपाल गणित समाजको S2S कार्यशाला सुरु



पोखरा । नेपाल गणित समाजको S2S परियोजना अन्तर्गतको Training of Trainer को दोस्रो चरणको कार्यशाला शनिवारदेखि सुरु भएको छ

सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ जना सहभागि र ३२ जना सहजकर्ता रहेको उक्त कार्यशाला असोज १३ देखि २३ गतेसम्म अनलाइन मोडमा र पछि २६ देखि २९ सम्म फिजिकल मोडमा (काठमाडौँ) मा सञ्चालन हुनेछन् । खासगरी माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्त्वपूर्ण पाठ्यवस्तु र त्यसको प्रभावकारी अध्ययन अध्यापनलाई अझ बढी प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा केन्द्रित रही ६ वटा अलग अलग समूहमा सहभागिहरूलाई विभाजन गरिएको छ | उक्त समूहहरूबाट समेत प्रस्तुतिकरण र परीक्षाका शृङ्खलाहरू  समेत राखिएको छ । यसबाट कार्यशाला थप प्रभावकारी हुनसक्ने धारणा कार्यशालाका संयोजक डा जीवन काफ्लेले जनाए

निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगतका केही वर्षहरूदेखि समाजले गणितको अध्ययन अध्यापन तथा अनुसन्धानसंग सम्बन्धित थुप्रै कार्यक्रम तथा गतिविधि संचालन गरिरहेको छ | अहिले गणितको अध्ययन अध्यापनमा देखिएका समस्या, विद्यार्थीहरूको विषयप्रतिको घट्दो रुचि तथा पढ्दै गरेकाहरूले पनि उक्त तह पूरा नगर्ने तथा विचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई कसरी विद्यार्थीको रूचि अनुरुप संचालन गर्ने र कसरी थप जीवन्त र उपयोगी बनाउने भन्ने अहिलेको मुख्य समस्या बनेको छ | यसैलाई मध्यनजर राख्दै नेपाल गणित समाजले आफ्ना गतिविधिहरू संचालन गरिरहेको र समाजले मात्रै चाहेर पनि हुन नसक्ने र सबैको हातेमालो आवश्यक रहेको धारणा समाजका उपसभापति डा श्रीराम खडकाले बताए |

गत वर्ष यस्तै प्रकृतिको पहिलो कार्यशाला सम्पन्न गरि सकेर प्रदेश स्तरमा लुम्बिनी प्रदेशमा यस अघि नै यस्तै प्रकृतिको दोश्रो चरणको विस्तारित कार्यशाला पनि सम्पन्न भैसकेको छ दोस्रो चरणमा संचालित यो कार्यशालामा पहिलो चरणका सहभागि साथीहरू मध्येबाट समेत केहि विज्ञ साथीहरूलाई पनि सहजकर्ताका रुपमा समावेश गरिएको छ । यस पटक पनि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा एसओएस लगायत केही विद्यालयका करिब ३२ जना विज्ञहरूले कार्यशालाको सहजिकरण गर्नु हुनेछ । यो कार्यशाला खासगरी परियोजनाको प्रस्तावना तथा लक्ष्यमा टेकेर देशभरका विभिन्न गणित शिक्षकहरूले आवश्यकता र औचित्यका आधारमा निर्देश गरेको अवधारणालाई मध्यनजर राख्दै विभिन्न विज्ञहरूद्वारा फरक फरक चरणमा कार्यशाला गोष्ठी तथा परिचर्चा चलाएर नेपाल गणित समाजले गत वर्ष निर्माण गरेको तालिम निर्देशिकामा आधारित हुनेछ त्यसो त निर्माणाधीन क्रममा रहेको तालिम निर्देशिका  पनि क्रमश परिमार्जनको चरणमा छ | र त्यसलाई प्रकाशनको लक्ष्य पनि राखिएको छ |

नीक साइमन्स फाउन्डेसनको आर्थिक सहयोगमा संचालनमा रहेको यो सोसाइटी टू सोसाइटी कार्यक्रम अन्तर्गत नेपाल गणित समाजले तालिम निर्देशिका निर्माण, निर्देशिकामा आधारित भएर तीनवर्षमा गणित विषयका सयजना तालिम विज्ञको उत्पादन तथा सातै प्रदेशमा पालिका, प्रदेश र केन्द्रीय स्तरमा सम्बन्धित निकायहरूको सहयोग र समर्थनमा निरन्तर तालिम सञ्चालन गर्ने उदेश्य लिएको छ ।

आजको उदघाटन सत्र समाजका सभापति प्राडा नारायण प्रसाद पहारीको सभापतित्व, सचिव डा परमेश्वरी कट्टेलको सञ्चालन र नेपाल शिक्षक महासङ्घका सभापति कमला तुलाधरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ | समाजका सभापति प्राडा पहारीले यस्ता कार्यशाला, गोष्ठी, तथा सेमिनारहरूले साथीहरूको क्षमता अभिबृद्दीमा विशेष सहयोग पुग्ने धारणा राख्नु भयो र सक्रियरूपमा सहभागिता जनाउनु हुन आग्रह पनि पनि भयो |  कार्यशालाको प्रमुख अतिथि नेपाल शिक्षक महासंघका अध्यक्ष श्रीमती कमला तुलाधरले यो कार्यशालाको उपलब्धिले कक्षाकोठासम्म पुग्नु पर्ने र यस्ता तालिमहरू हरेक पालिका तथा स्थानीय स्तरसम्म  हुनु पर्ने र त्यसका लागि आफ्ना ठाउँबाट सहयोग गर्न महासंघ तयार रहेको समेत बताउनु भयो ।

Post a Comment

Previous Post Next Post