
यी हुन सबैभन्दा महंगा स्कूलहरु, भर्ना मै लाखाै असुल्छन
हरेक वर्ष शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालयहरुले लिने शुल्कको विषयलाई लिएर विवाद निस्कन्छ । हरेक वर्ष शुल्कको विवाद भए पनि निजी विद्यालयहरुले शुल्क घटाएको भने देखिन्न । सरकारले शुल्क निर्धारणका विषयमा विद्यालयमा अभिभावकको सहभागितामा शुल्क निर्धारण गर्ने र स्थानीय तहमा स्वीकृतीका लागि पठाउनुपर्ने नियम तोकिदिएको छ । तर यसका लागि न त सरकारले नै कुनै […]
विद्यार्थी भर्नाको नतिजा सार्वजनिक, १२ सय विद्यार्थीको नाम
काठमाडौं/बैशाख ९– बुटबलको कालिका मानवज्ञान माविले भर्नाका लागि परीक्षा दिएका विद्यार्थीहरुको परीक्षाको नतिजा शनिबार बेलुका सार्वजनिक गरेको छ । नयाँ शैक्षिक सत्र सँगै कालिका माविमा भर्ना गर्न अाउने विद्यार्थी र अभिभावककाे निकै ठूलाे घुइँचाे लागेकाे थियाे । तर विद्यालमा विद्यार्थी भर्नाका लागि सीमित सीट थियाे । विद्यालयले शुक्रबार लिएको परीक्षामा १२ सय विद्यार्थीको नाम सार्वजनिक गरेकाे […]

विद्यालय बन्द हुँदा ८ हजार विद्यार्थीको भर्ना रोकियो
काठमाडौं/बैशाख ९– बझाङ जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द हुँदा ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका छन् । चैतमा वार्षिक परीक्षा सकिएपछि नै विद्यालय बन्द भएको थियो । जिल्लाको उत्तरी भेकमा पर्ने साइपाल, तल्कोट, सुर्मा र मष्टा […]

स्थानीय पाठ्यक्रम लागू
काठमाडौं/बैशाख ७– भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र ०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । विद्यार्थीलाई विद्यालयदेखि नै इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन […]