काठमाडौँ । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरिएको छ ।
शुक्रवार साँझ
राष्ट्रिय परीक्षा बोर्डमा प्रकाशित नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
भएका छन् ।
यस वर्षको एसइई परीक्षा चैत्र ७ देखि सुरु भई चैत्र १९ सम्म सञ्चालन भएको थियो। यस वर्षको एसईई परीक्षामा २ हजार ७९ ओटा परीक्षा केन्द्रहरूबाट जम्मा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
साउन २९ गतेदेखि हुने
ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । यस पटक पनि गत वर्ष जस्तै जति विषयमा
ननग्रेड आए पनि सबै विषयमा परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष
महाश्रम शर्माले जानकारी दिए ।
शिक्षक आन्दोलनका कारण
केही ढिलाइ गरी आएको हो । उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणका लागि देशभर ५०
ओटा परीक्षण केन्द्र निर्धारण गरिएका थिए ।
No comments:
Post a Comment