नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीको अध्यक्षमा तीर्थराज ढकाल



जुना थापा

३० चैत्र, पोखरा। नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्ला समितिको १४औं अधिवेशनबाट तिर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन्। बिहिबार सम्पन्न अधिवेशनबाट खुल्ला उपाध्यक्षमा प्रदीप न्यौपाने, महिला उपाध्यक्षमा देवीकुमारी केसी, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा माधव पहारी, सहसचिवमा जुना  थापा, सहकोषाध्यक्षमा शान्ता पराजुली सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा भगवती लामिछाने, यमुना सुवेदी, तोरणबहादुर केसी, विजय शर्मा, सूर्यमोहन ढकाल, जितबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेकमाया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल , विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा प्रकाश शर्मा रेग्मी सदस्यमा नवीनराज पौडेल र गोविन्द सुवेदी रहेका छन् । त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ अधिकारी, यामनाथ सुवेदी, विष्णुहरी त्रिपाठी र रेखा लम्साल सर्वसम्मत निर्वाचित भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षकहरू सबै मानिसको गुरु भएकाले आफूले केही कुरा पनि निर्देशन गर्नु नपर्ने बताएका थिए। कुनै पनि देशको कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने त्यो देशको भाषा संस्कृति र शिक्षालाई ध्वस्त पार्यो भने देश खतम हुन्छ भन्ने भनाइलाई उजागर गर्दै मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो देशको भाषा संस्कृति परम्परा रीतिरिवाज र शिक्षालाई जोगाउने अभिभारा शिक्षकहरुमा भएको हुनाले शिक्षकहरुले आफ्नो पेसालाई इमान्दारीपूर्वक बहन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशका इन्चार्ज वाइबी कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेल, शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य लोचना अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, गण्डकी प्रदेशका महासचिव ध्रुवराज सिग्देल, गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेल, सदस्य उमनाथ गौतम, नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन सम्पन्न गर्ने अध्यक्ष मण्डलमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका इन्चार्ज वाइबी कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेल, नेपाल शिक्षक महासंघका राष्ट्रिय समितिका सदस्य लोचना अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, पेसागत महासंघ कास्कीका इन्चार्ज षडानन्द गौतम रहेका थिए। 

त्यसैगरी निर्वाचन मण्डलमा पेसागत महासङ्घ गण्डकीका महासचिव बैकुण्ठनाथ आचार्यको संयोजकत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेल, गण्डकी प्रदेशका सदस्य उमनाथ गौतम सदस्य रहेका थिए।

अधिवेशनमा उत्कृष्ट विद्यालय सम्मान, उत्कृष्ट शिक्षक सम्मान, शिक्षक सेवा आयोगद्वारा नवनियुक्त शिक्षकहरुलाई सम्मान, बढुवा भएका शिक्षकहरुलाई सम्मान, छात्रवृत्ति वितरण, आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा  उत्कृष्ट विद्यालयको सम्मान र पुरस्कार विन्ध्यवासिनी मावि बाटुलेचौरलाई प्रदान गरिएको थियो। बढुवा भई सम्मानित हुने शिक्षकहरुमा रुद्रबहादुर थापा, दीपक पौडेल, जितबहादुर क्षेत्री, शिखनाथ गौतम, मिनबहादुर सावद, लक्ष्मी तिमिल्सिना, रामहरि बराल, भिमप्रसाद सुवेदी, राधिका अधिकारी, वसन्तराज भण्डारी र रामजी जिसी रहेका थिए । उत्कृष्ट शिक्षकद्वारा सम्मानित हुने शिक्षकहरुमा विष्णुप्रसाद पौडेल, सूर्यराज अधिकारी, इन्दिरा पहारी, रविरमण भट्टराई, शारदाकुमारी गुरुजु, परशुराम बराल, रुद्र तिमिल्सिना, धनेश्वर सापकोटा, फूलकुमारी गुरुङ, भगवती लामिछाने, विश्वमोहन पोखरेल, जगनप्रसाद गुरुङ, वसन्ती देवकोटा, हिरा गुरुङ र विष्णुहरि अधिकारी रहेका थिए ।

कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव तिर्थराज ढकालले र कोषाध्यक्ष यामनाथ सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष वसन्धरा वसन्धरा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य अर्का उपाध्यक्ष हर्कबहादुर लामिछानेले गरेका थिए । उमिता घमाल, अनिता राई, मना गुरुड र राधा रानाभाटको समूहले नृत्य प्रस्तुत गरेका थिए ।

Post a Comment

Previous Post Next Post