साहित्य शृङ्खलाको मासिक रचना वाचन सम्पन्न



पोखरा, पुस ६ गते । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २६७ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

वाम बुद्धिजीवी रामराज रेग्मीले  स्रस्टाहरूको ओजिलो उपस्थिति र राम्रा राम्रा गीत, गजल, कविताले शृङ्खलाको नियमित मासिक कार्यक्रम झनै सुन्दर भएको धारणा राखे । उनले आफ्नो स्कुले जीवनको स्मरण गर्दै बिपी कोइराला ७४ सिटसहित विजयी भएर प्रधानमन्त्री बनेका समयको सत्य घटनामा आधारित नीतिकथा सहित २ वटा कथा सुनाएका थिए ।

शृङ्खलाका उपाध्यक्ष ताराप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नारायण परिश्रमी, अल्पविराम पोखरेली, स्ट्रगल राना, लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा,  कल्याण पन्त,  ढाकामोहन बराल, र्‍यान्म रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, यादवचन्द्र भुर्तेल, छविलाल आचार्य, विकास लुङ्गेलीलगायतले आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ स्वागत गरेका थिए भने सञ्चालन सचिव काजी गाउँलेले गरेका थिए ।

Post a Comment

0 Comments